Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मित्रता माविले शुक्रबार ५४ औं वार्षिक उत्सव भव्य रुपले मनायो

मित्रता माविले शुक्रबार ५४ औं वार्षिक उत्सव भव्य रुपले मनायो

इच्छाकामना न्युज

३, फाल्गुण २०८१
मित्रता माविले शुक्रबार ५४ औं वार्षिक उत्सव भव्य रुपले मनायो

आँबुखैरेनी, ३ फागुन । मितत्रा माध्यमिक विद्यालयले शुक्रबार आफ्नो ५४ औं वार्षिक उत्सव तथा अभिभामवक मिलन समारोह भव्य रुपले मनाएको छ ।

images

आँबखैरेनी गाउँपालिका वडा नं. १, स्थित विद्यालयको प्राङ्गणमा एक भव्य समारोहको आयोजना गरी विद्यालयको ५४ औं वार्षिक उत्सव भव्य रुपले मनाईएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बोगटीले बताए । विद्यालयको वार्षिक उत्सव तथा अभिभामवक मिलन समारोहको राष्ट्रिय सभा सदस्य एवं पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समुद्घाटन गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ईश्वर बाबु गौंलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बोगटीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा विद्यालयलाई विभिन्न सहयोग तथा योगदान पु¥याउनुहुने व्यक्तित्वहरुलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवं पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, वडा नं. १ का वडाअध्यक्ष एवंम गाउँपालिकाका प्रवक्ता प्रेम तमु लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए ।

बार्षिक उत्सव समारोहमा विद्यालयका विद्याथीहरुद्धारा विविध सांस्कृतिक कार्यक्रम, मार्च पास, नृत्य प्रस्तुत गरिएको विद्यालयका शिक्षक कलम सापकोटाले जानकारी दिए ।  

images
प्रकाशित मिति :फाल्गुण ३, २०८१ शनिवार - १०:३०:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology