Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

माथिल्लो मर्स्याङ्दी-ए मर्मत हुँदै

माथिल्लो मर्स्याङ्दी-ए मर्मत हुँदै

images

इच्छाकामना न्युज

४, फाल्गुण २०८१
माथिल्लो मर्स्याङ्दी-ए मर्मत हुँदै
images

लमजुङ, फागन ४ गते । मर्स्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको मर्मत थालिएको छ । आयोजनाको मर्मत थालिएपछि विद्युत् उत्पादन बन्द भएको छ ।

विद्युत गृहमा टर्बाइन र बाँधस्थलको मर्मत सुरु गरिएको आयोजनाले जनाएको छ । आयोजनाले विद्युत् उत्पादन थालेको आठ वर्ष भएको छ । २५-२५ मेगावाटका २ वटा फ्रान्सिस टर्बाइन रहेको उक्त आयोजनामा टर्बाइनको मर्मतसम्भार चाइनाबाट आएको प्राविधिक टिमले गरिरहेको छ । 

शनिबारदेखि सुरु गरिएको मर्मतकार्य एक हप्तामा सक्ने लक्ष्य रहेको आयोजनाका जनसम्पर्क प्रमुख कर्ण अधिकारीले जानकारी दिनुभयो । विद्युत् प्राधिकरणसँग एक हप्ताको समय लिएर मर्मत थालिएको उहाँले बताउनुभयो ।

रन अफ रिभर (पानीको बहावमा आधारित) उक्त परियोजनाको बाँधक्षेत्रमा पनि मर्मत भइरहेको छ । बाँधस्थलमा चाइनिज कम्पनी ब्युरो सातसँग मिलेर नेपाली निर्माण व्यवसायीहरुले मर्मतको काम गरिरहेका छन् भने टर्बाइन मर्मतमा चिनियाँ विषेशज्ञसहित इन्जिनियर तथा प्राविधिकहरु खटिएका छन् । 

बर्खामा खोलामा मिसिएका पहिरोसहितको ढुङ्गामाटो र बालुवाका कणले टर्बाइनका दाँतहरू खियाउने भएकाले हिउँदको समयमा बर्सेनि मर्मत गरिने गरिएको अधिकारीले बताउनुभयो । आयोजनाबाट हिउँदको समयमा २८ देखि ३० मेघावाट विद्युत् उत्पादन हुने गर्दथ्यो । मर्मतको काम सकिनासाथ विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ । 

 सन् २०१३ को जनवरीमा निर्माण सुरु गरिएको माथिल्लो मर्स्याङ्दी ’ए’ आयोजनाले २०१७ जनवरीबाट व्यावसायिक विद्युत् उत्पादन थालेको थियो । चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको सगरमाथा हाइड्रोपावर कम्पनीको १० प्रतिशत लगानी छ ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०८१ आइतवार - १९:५८:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology