Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

फोनिज लमजुङ अध्यक्षमा श्रेष्ठ

फोनिज लमजुङ अध्यक्षमा श्रेष्ठ

images

इच्छाकामना न्युज

४, फाल्गुण २०८१
फोनिज लमजुङ अध्यक्षमा श्रेष्ठ
images

लमजुङ, फागुन ४ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) लमजुङको अध्यक्षमा जनक श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।फोनिज लमजुङको बेसीसहरमा सम्पन्न चौथो अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित हुनुभएको हो ।

सात सदस्यीय समितिको उपाध्यक्षमा सुरज गुरुङ, सचिवमा सुमित्रा भुजेल र कोषाध्यक्षमा लक्ष्मी घले निर्वाचित हुनुभएको छ । अधिवेशनबाट सदस्य पदमा खुसीमाया गुरुङ, एलिशा श्रेष्ठ र दिलु तामाङ निर्वाचित हुनुभयो । फोनिजको सङ्घीय प्रतिनिधि आश गुरुङ र प्रदेश प्रतिनिधिमा कृष्णबहादुर आले चयन हुनुभएको छ ।

अधिवेशनमा नेपाल पत्रकार महासङ्घ लमजुङका अध्यक्ष सन्देश पौडेल, फोनिज गण्डकी प्रदेश समितिका सदस्य कृष्णबहादुर आले, सल्लाहकार मीना गुरुङ, फोनिज लमजुङका निवर्तमान अध्यक्ष आश गुरुङले फोनिजले आगामी दिनमा पत्रकारिताको क्षेत्रमा अब्बल भएर काम गर्न नयाँ कार्यसमितिलाई सुझाव दिनुभयो । 

images
प्रकाशित मिति :फाल्गुण ४, २०८१ आइतवार - २०:००:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology