Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखामा फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइने

गोरखामा फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइने

images

इच्छाकामना न्युज

४, फाल्गुण २०८१
गोरखामा  फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइने
images

गोरखा । ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस गोरखामा विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा आइतबार सम्पन्न भएको सरोकारवालाको बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रमका साथ दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले दिवस मनाउनका लागि जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा मगरको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ । समितिमा राजनीतिक दल, जिल्लाका सबै सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय, संघसंस्थाका प्रमुख सम्मिलित मूल समारोह समिति गठन गरेको छ । साथै बैठकले विभिन्न कार्यक्रम तय गरेको छ ।

फागुन ७ गते प्रजातन्त्र दिवसको दिन विहान ७ : ४५ बजे जिल्ला प्रशासन कार्यालयको प्राङ्गणबाट कर्मचारी, संघसंस्थाका पदाधिकारी, राजनीतिक दलका पदाधिकारी, प्रतिष्ठान लगायत जनसमुदायको सहभागितामा प्रभातफेरी गर्ने निर्णय गरेको छ ।
दिवसकै अवसरमा फागुन ६ गते विहान ११ः०० बजे सशस्त्र प्रहरी बल नेपाल नं. २९ गुल्म हे. क्वा गोरखाको नेतृत्वमा आगलागी नियन्त्रण सम्वन्धी नमूना अभ्यास कार्यक्रम गरिने भएको छ । डिभिजन वन कार्यालय गोरखा र सामुदायिक वन उपभोक्ता समितिको सहकार्यमा रानीवनमा सो अभ्यास गर्ने निर्णय भएको हो ।

त्यस्तै ८ गते सुरक्षा निकाय, डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समिति र सबै सरोकारवालाहरुको समन्वयमा रानीवनमा अग्नीरेखा निर्माण तथा पतकर संकलन एवं आगलागी जोखिम न्यूनीकरण सम्बन्धी कार्य गर्ने निर्णय गरिएको छ ।
प्रजातन्त्र दिवस विविध कार्यक्रम सहित मनाउन सबै स्थानीय तहहरुलाई अनुरोध गरेको छ । ६, ७ र ८ गते तीन दिनसम्म जिल्ला स्थित सबै सरकारी निकाय, प्रतिष्ठान तथा संघसंस्थाले आ–आफ्नो कार्यालयमा र सबै आम नागरिकले निजी निबासमा दीप प्रज्वलन गर्ने आब्हान गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख थापाको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, गोरखा नगरपालिकाकी उपमेयर मसली माया थोकरसहित विभिन्न कार्यालय तथा संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०८१ आइतवार - २०:०८:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology