Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँमा डढेलो रोकथामका लागि विशेष अभियान सञ्चालन हुने

तनहुँमा डढेलो रोकथामका लागि विशेष अभियान सञ्चालन हुने

images

इच्छाकामना न्युज

५, फाल्गुण २०८१
तनहुँमा डढेलो रोकथामका लागि विशेष अभियान सञ्चालन हुने
images

तनहुँ, फागुन ५ गते । तनहुँमा डढेलो रोकथामका लागि विशेष अभियान सञ्चालन हुने भएको छ । डढेलोले जनधन, वन र जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा समेत क्षति गर्ने भएको न्यूनीकरण गर्न अभियान सञ्चालन गर्ने निर्णय भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

यस पटक हिउँदमा पानी नपरेकोले हुँदासुक्खा धेरै भएको, यस मौसममा हावाहुरी चल्ने भएकाले अधिकांश वन डढेलोको उच्च जोखिममा रहेको विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको वन अधिकृत नविन विश्वकर्माले बताउनुभयो । डिभिजन वन कार्यालयको आयोजनामा हालै दमौलीमा गरिएको डढेलो नियन्त्रण तथा व्यवस्थापन समितिको वैठकले विशेष अभियान सञ्चालन गर्ने निर्णय गरिएको  विश्वकर्माले बताउनुभयो । अभियान अन्तर्गत वन डढेलो सचेतना सप्ताह कार्यक्रम सञ्चालन गरिने भएको छ । 

यस अन्तर्गत कार्यालयले समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायसँग अन्तरक्रिया गरिने छ । अभियान अन्तर्गत बस्तीनजिक रहेका जलनशील पदार्थ पातपतिङ्गर हटाउने, अग्निरेखा कोर्ने, घरनजिक राखिएका स्याउला हटाउने, जनचेतनामूलक सामग्री वितरण गर्ने र सुकेका पातपतिङ्गरको व्यवस्थान गर्ने काम गरिने भएको छ ।  

नागरिकलाई सचेत हुन कार्यालयले सञ्चार माध्यमबाट सूचना प्रवाह गर्नुका साथै अन्तक्रिया, छलफल तथा जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिने कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयका अनुसार जिल्लाको अधिकांश ठाउँमा सामुदायिक वन, कबुलियती वन निजी आवादी वन डढेलोको उच्च जोखिममा छन् ।  यसको रोकथाममा रेडक्रस, उपभोक्ता, वन हेरालु र वन उपभोक्ता समिति, नेपाल  प्रहरी सशस्त्र प्रहरी, नेपाली सेनासँग, स्काउट सहकार्य गरी अभियान सञ्चालन गरिने छ । 

जङ्गलमा लागेको आगो निभाउनका लागि ट्याक्टर बोक्न मिल्ने गरी चार हजार दुई सय लिटर पानी अट्ने क्षमताको पम्पसेट निर्माण कार्य भई रहेको छ । गत वर्ष एक हजार लिटर क्षमताको  एक थान पम्पसेट निर्माण गरिसकिएको छ ।

अभियान अन्तर्गत तीन वटा संयन्त्र निर्माण गरिएको छ । आगलागीका घटना रोकथाम र न्यूनीकरणका लागि जिल्ला विपत् समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकाय परिचालन र निर्देशन, समिति बनाइएको छ । डढेलो नियन्त्रण र व्यवस्थापन कार्यमा खट्न तथा खटाउन व्यवस्था गर्न सुरक्षा निकाय एवम् वन कार्यालयको संयुक्त प्रयासबाट द्रुत प्रतिकार्य टोली  क्विक रेस्पोन्स टिम गठन गरी परिचालन गरिनेछ ।  जिल्लास्थित नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी, वन रक्षक परिचालन हुने कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०८१ सोमवार - २०:४३:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology