Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

अवैध भरुवा बन्दुक सहित २ जना पक्राउ 

अवैध भरुवा बन्दुक सहित २ जना पक्राउ 

images

इच्छाकामना न्युज

५, फाल्गुण २०८१
अवैध भरुवा बन्दुक सहित २ जना पक्राउ 
images

आँबुखैरेनी, ५ फागुन । तनहुँको देवघाटबाट अवैध भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको कमाण्डमा खटिएको ग्रामीण गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला तनहुँ देवघाट गाउँपालिका वडा नं. ४ बस्ने वर्ष ६१ को संखबिर गुरुङको घरबाट अवैध रुपमा लुकाई छिपाई राखिएको अवस्थामा एक नाले बन्दुक थान–१, बन्दुकको चाप घोडा नभएको थान– १ र सोही स्थानका वर्ष ६८ को कृष्ण बहादुर गुरुङको घरबाट अवैध रुपमा लुकाई छिपाई राखिएको अवस्थामा एक नाले बन्दुक थान–१  गरी जम्मा ३ थान भरुवा बन्दुक सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :फाल्गुण ५, २०८१ सोमवार - २१:०८:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology