Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

रेसेफाँट पहिरोमा परी ज्यान गुमाउने मृतकका परिवारलाई राहत वितरण

रेसेफाँट पहिरोमा परी ज्यान गुमाउने मृतकका परिवारलाई राहत वितरण

images

इच्छाकामना न्युज

६, फाल्गुण २०८१
रेसेफाँट पहिरोमा परी ज्यान गुमाउने मृतकका परिवारलाई राहत वितरण
images

गोरखा । धार्चे गाउँपालिका–५ रेसेफाँटमा पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई राहत रकम वितरण गरिएको छ ।

रेसे खोलामा १६ मेगावाटको माछीखोला जलविद्युत् आयोजना निर्माण गरिररहेको वाटर इनर्जी डेभलपमेन्ट प्रालिले मृतकका परिवारलाई राहत रकम उपलब्ध गराएको हो ।

गत साउन १३ गते पहिरोमा परी धार्चे–५ का जितबहादुर गुरुङ, उनकी श्रीमती कान्छी गुरुङ, सुलाल गुरुङ, रमेश गुरुङ र आरुघाट गाउँपालिका–७ का रमेश परियारको मृत्यु भएको थियो । मृतकका परिवारलाई ३ लाख राहत उपलब्ध गराउने सहमतिअनुसार गाउँपालिकाको रोहवरमा रकम उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताए । उनका अनुसार दुई किस्तामा रकम उपलब्ध गराउने सहमतिअनुसार आइतबार पहिलो किस्ताको डेढ लाख रुपैयाँको दरले वितरण गरिएको हो । प्रालिका कर्मचारी समेत रहेका रमेश गुरुङका परिवारलाई भने थप ७ लाख रुपैयाँ पनि उपलब्ध गराउने सहमति भएको थियो ।

 

गत साउन १३ गतेको पहिरोमा पुरिँदा एकै परिवारका तीनसहित पाँच जनाले ज्यान गुमाएका थिए । गाउपालिका र कम्पनीबीच पुस २५ गते भएको छलफलमा राहत रकम उपलब्ध गराउने सहमति भएको थियो ।

 

images
प्रकाशित मिति :फाल्गुण ६, २०८१ मंगलवार - २१:४५:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology