Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

प्रजातन्त्र दिवसको दिन भोलि जिल्ला प्रशासन कार्यालय खुल्ने

प्रजातन्त्र दिवसको दिन भोलि जिल्ला प्रशासन कार्यालय खुल्ने

images

इच्छाकामना न्युज

६, फाल्गुण २०८१
प्रजातन्त्र दिवसको दिन भोलि जिल्ला प्रशासन कार्यालय खुल्ने
images

गोरखा । प्रजातन्त्र दिवसको दिन (फागनु ७ बुधबार) सार्वजनिक बिदा भएपनि जिल्ला प्रशासन कार्यालयको सेवा संचालन हुने भएको छ । मंगलवार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले राहदानी, राष्ट्रिय परिचयपत्र र नागरिकता सम्बन्धी सेवा प्रवाह हुने जानकारी गराएको हो । गृह मन्त्रालयद्धारा नेपाल राजपत्रको भाग ५ मा प्रकाशित सूचनामा सार्वजनिक सेवा प्रवाह सम्बन्धी भएको बिशेष व्यवस्था बमोजिम सेवा प्रवाह गर्न लागिएको बताइएको छ ।

उक्त व्यवस्था अनुसार यसअघि पनि कार्यालयले रामनवमी, गणतन्त्र दिवस, रक्षावन्धन, कृष्ण जन्माष्टमी, घटस्थापना, शहिद दिवस लगायतका सार्वजनिक बिदाका दिन पनि उक्त सेवा प्रवाह गरेको थियो । यही फागुन १४ गते परेको महाशिवरात्री र १६ गतेको ग्याल्पो ल्होसारको दिन सार्वजनिक बिदा भएपनि कार्यालयको सेवा संचालन हुने बताइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०८१ मंगलवार - २१:४८:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology