Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

विद्यार्थीको गालामा तातो पन्युले डाम्ने शिक्षिका थप पाँच दिन हिरासतमा

विद्यार्थीको गालामा तातो पन्युले डाम्ने शिक्षिका थप पाँच दिन हिरासतमा

images

इच्छाकामना न्युज

६, फाल्गुण २०८१
विद्यार्थीको गालामा तातो पन्युले डाम्ने शिक्षिका थप पाँच दिन हिरासतमा
images

तनहुँ, फागुन ६ गते । विद्यार्थीको गालामा तातो पन्यु डामेर यातना दिने तनहुँकी एक शिक्षिकालाई थप पाँच दिन हिरासतमा राखिएको छ ।

भीमाद–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलका ३४ वर्षीया शिक्षिका सुष्मा श्रेष्ठलाई दोस्रो पटक थप पाँच दिन हिरासतमा राख्न तनहुँ जिल्ला अदालतले अनुमति दिएको हो ।

चार जना विद्यार्थीको गालामा तातो पन्युले डामेर यातना दिएको घटना सार्वजनिक भएपछि माघ ३० गते श्रेष्ठलाई पक्राउ गरी पहिलो पटक पाँच दिनको म्याद थप भएकोमा पुनः पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँको सूचना अधिकारी अशोक थापाले बताउनुभयो ।

बालबालिकाविरुद्धको कसुरमा थप अनुसन्धान गर्न माग गरिएकाले अदालतको बाल इजलासले अनुमति दिएको प्रहरीले जनाएको छ ।

विद्यार्थीले जिस्क्याएको तथा होहल्ला गरेको भन्दै लेखापाल श्रेष्ठले पन्यु तताएर कक्षा ४ मा अध्ययनरत चार बालकको गालामा डामेर यातना दिएको भन्दै परिवारले जाहेरी दिएका थिए । घटना सार्वजनिक भएसँगै चौतर्फी कारबाही माग गर्दै दबाब सिर्जना भएको थियो । यस घटनाको छानबिन गर्न भीमाद नगरपालिकाकाले कार्यदल गठन गरेको छ । 

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव सन्तोष पौडेलको संयोजकत्वमा एक जना जनप्रतिनिधिसहित तीन सदस्यीय समिति गठन गरिएको भीमाद नगरपालिकाको उपप्रमुख शारदा खनालले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०८१ मंगलवार - २२:०३:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology