Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गण्डकी प्रदेशमा वन्यजन्तुबाट पीडित भएकालाई १ करोड १० लाख राहत वितरण

गण्डकी प्रदेशमा वन्यजन्तुबाट पीडित भएकालाई १ करोड १० लाख राहत वितरण

images

इच्छाकामना न्युज

७, फाल्गुण २०८१
गण्डकी प्रदेशमा वन्यजन्तुबाट पीडित भएकालाई १ करोड १० लाख राहत वितरण
images

काठमाडौँ । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षमा १ करोड १० लाख रूपैयाँ राहत वितरण गरेको छ ।

वन्यजन्तुको आक्रमणबाट भएका मानविय र अन्य क्षति गरी १ करोड १० लाख रुपैयाँ विरतण गरिएको मन्त्रालयले जनाएको छ । जंगली जनावरको आक्रमणबाट मृत्यु भएको, सख्त घाइते भएका र पशुधनबाट क्षति पुगेकालाई राहत उपलब्ध गराइएको वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले जानकारी दिए ।

राहत रकम सबैभन्दा बढी गोरखामा ३३ लाख ९० हजार ५ सय रुपैयाँ, तनहुँमा १७ लाख ६५ हजार २ सय रुपैयाँ, पर्वतमा १४ लाख ८७ हजार ५ सय, नवलपुरमा १४ लाख ५४ हजार ५ सय रुपैयाँ वितरण भएको छ । सबैभन्दा थोरै बागलुङमा १ लाख ८२ हजार त्यसपछि म्याग्दीमा २ लाख ८६ हजार रुपैयाँ राहत उपलब्ध गराइएको हो ।

लमजुङमा १० लाख, कास्कीमा ६ लाख, स्याङ्जामा ७ लाख राहत वितरण गरिएको मन्त्रालयले जनाएको छ । मनाङ र मुस्ताङसहित एक्याप र एमक्याप भएका स्थानमा विविध कारण ढिलाइ भएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार तनहुँ र नवलपुरमा जंगली जनावरको आक्रमणमा परी ज्यान गुमाएका २ जनाका परिवारलाई १०/१० लाख रुपैयाँ उपलब्ध गराइएको छ । यस्तैगरी मन्त्रालयले ६ करोड रूपैयाँ आम्दानी पनि गरेको छ ।

वन पैदावर बिक्री, जडिबुटी संकलन र अन्य आम्दानीबाट ६ करोड ९९ लाख ९१ हजार राजस्व संकलन गरिएको मन्त्री पौडेलले जानकारी दिए । मन्त्रालयले चालू आर्थिक वर्षमा ३ लाख ४७ हजार ५ सय ६६ क्यू फिट काठ र ३ सय ४७ दशमलव ८१ चट्टा दाउरा उत्पादन गरेको छ ।

विभिन्न सामुदायिक वनबाट ५७ हजार ९१ क्यु फिट काठ र ४९ चट्टा दाउरा बिक्री गरेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०८१ बुधवार - १४:०३:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology