Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

फागुन २१ देखि चौथो डुम्रे महोत्सव हुने

फागुन २१ देखि चौथो डुम्रे महोत्सव हुने

images

इच्छाकामना न्युज

८, फाल्गुण २०८१
फागुन २१ देखि चौथो डुम्रे महोत्सव हुने
images

तनहुँ, फागुन ८ गते । तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाको व्यापारिक केन्द्र तनहुँको डुम्रे बजारमा आर्थिक मन्दीले व्यवसाय सुस्ताएपछि चलायमान बनाउन महोत्सव गर्न लागिएको छ ।

डुम्रे बजार नजिकै भानु नगरपालिका–१ पुलचोकमा ‘चौथो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८१ गर्न लागिएको हो । तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार एकाइ आयोजनामा “व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने  नारासहित सञ्चालन हुने महोत्सव यही फागुन २१ देखि चैत्र ३ गतेसम्म चल्ने छ । 

कोभिड–१९ पछिको आर्थिक मन्दीले बजारमा व्यापार घट्दै जाँदा व्यावसायी पलायन हुने क्रम बढेको, किसानले उत्पादन गरेको समान बिक्री गर्न समस्या परेको तथा होमस्टेको प्रचारप्रसार नहुँदा पाहुना बढाउन नसकिएकाले चलायमान बनाउन महोत्सवको आयोजना गर्ने निर्णय गरिएको महोत्सवका प्रवक्ता तथा तनहुँ उद्योग वाणिज्य सङ्घका महासचिव सुवोध अधिकारीले बताउनुभयो । अधिकारीले भन्नुभयो, ‘‘कोभिड–१९ ले शिथिल बनाएको र हाल आर्थिक मन्दीले व्यावसायी सङ्कटमा परेकाले आर्थिक चलायमान बनाउन  महोत्सव गर्ने निर्णय गरेका हौं ।’’  

महोत्सवले व्यापार तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन महोत्सवले योगदान दिने बन्दीपुर गाउँपालिका–४ बन्दीपुर केवलकार प्रवेश स्थलमा बिहीबार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महोत्सवमा व्यापारिक एवम् सेवामूलक उद्देश्यका एक सय २५वटा स्टल राखिने छ । जसमा स्थानीय  रैथाने सामग्री र कृषि उत्पादन, शैक्षिक तथा विज्ञान प्रदर्शनीलाई निःशुल्क स्टलको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

सामान खरिद बिक्री हुने सांस्कृतिको संरक्षण हुने होटल रेस्टुराँमा आर्थिक कारोबार बढ्ने भएकाले महोत्सवको आयोजना गरिएको महोत्सवका निर्देशक तथा तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष घनश्याम देवानले बताउनुभयो । बन्दीपुर गाउँपालिका १ र ४ स्थित डुम्रे तनहुँको मात्रै नभई गोरखा, लमजुङ र मनाङ जिल्लाको समेत व्यापारिक नाका भएकोले यहाँको आर्थिक तथा सामाजिक समुन्नतीमा सङ्गठित रूपमा प्रयत्न गर्न महोत्सव गरिएको उहाँले बताउनुभयो । 

कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मभूमिको प्रचार प्रसार गरी पर्यटक भित्र्याउन मद्दत पुर्‍याउने उद्देश्यले महोत्सव टेवा पुग्ने विश्वास लिइएको बताउनुभयो । बन्दीपुर गाउँपालिकाको उपाध्यक्ष पञ्चमाया गुरुङले बन्दीपुर बजार मात्रै नभई बन्दीपुरका ग्रामिण क्षेत्रहरूमा पर्यटकको भुल्ने रमणीय स्थान थुप्रै भएकोले महोत्सवले ग्रामिण पर्यटन प्रवद्धनमा टेवा पुग्ने अपेक्षा लिइएको बताउनुभयो ।  

बन्दीपुर केवलकारका रोमनमान श्रेष्ठ यहाँको पर्यटन प्रवर्धनका लागि महोत्सव कोशे ढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । महोत्सवले आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्धनमा योगदान पुर्‍याउने उद्देश्य लिएको  महोत्सव मुल समारोह समितिका संयोजक तथा तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका अध्यक्ष  हेमलाल भिकेले जनाकारी दिनुभयो । उहँका अनुसार महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने छ । 

महोत्सवको स्टल बुकिङ भई सकेको छ । महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०८१ बिहिवार - २१:२२:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology