Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँ कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या

तनहुँ कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या

images

इच्छाकामना न्युज

८, फाल्गुण २०८१
तनहुँ कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या
images

तनहुँ, फागुन ८ गते । तनहुँ कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारका स्वास्थ्य सहायक श्यामसिंह बोहोरा सरुवा भई अन्यत्र गएपछि अर्को व्यवस्था नहुँदा उपचार गर्न सकस भएको हो ।

स्वास्थ्य सहायक बोहोरा असोज १ गते सरुवा भई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु गएपछि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा उपचारमा समस्या भएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

कैदीबन्दी बिरामी हुँदासमेत दमौली अस्पताल तथा निजी स्वास्थ्य क्लिनिकमा लैजानु पर्दा समस्या भएको उहाँले बताउनुभयो । कारागारको आफ्नो सवारी साधन नभएको र उपचारका लागि सवारी साधन खोजेर लैजानु पर्ने हुँदा उपचारको साथसाथै सुरक्षाको समस्या भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख वीरेन्द्रबहादुर शाहीले बताउनुभयो । 

कारागारको गाडी नहुँदा राति कैदीबन्दीलाई उपचारका लागि अस्पताल लैजानु पर्ने अवस्था आउँदा झनै समस्या हुने उहाँले जानकारी दिनुभयो । कारागार प्रशासनका अनुसार महिला र पुरुष गरी तीन सय २९ कैदीबन्दी छन् । महिला कारागारमा आमासँग दुई बालिका समेत आश्रित छन् ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०८१ बिहिवार - २१:२४:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology