Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चोरी गरी घरमा आगो लगाउने गोरखाका एक युवक पक्राउ

चोरी गरी घरमा आगो लगाउने गोरखाका एक युवक पक्राउ

images

इच्छाकामना न्युज

९, फाल्गुण २०८१
चोरी गरी घरमा आगो लगाउने गोरखाका एक युवक पक्राउ
images

गोरखा, फागुन ९ गते । चोरी गरी घरमा आगो लगाउने गोरखाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका – १० का ३६ वर्षीय मञ्जिल मग्रती भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विगत लामो समयदेखि सो नगरपालिका – १० छेपेटारमा बुद्धिमान गुरुङ र गीता पोखरेलले सञ्चालन गरेको खाजाघरबाट नगद चोरी गरी खाजा घरमा आगो लगाई पूर्णरुपमा ध्वस्त बनाएर बेपत्ता भएका युवालाई प्रहरीले मङ्गलबार प्रकाउ गर्न सफल भएको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय गोरखाको अनुसन्धान टोलीले अनुसन्धान गर्दै जाँदा चोरी भएका केही सामानहरु मञ्जिल मग्रतीको घरमा फेला पार्न सफल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक सुवेदीको भनाइ छ ।

पक्राउ परेका मग्रतीको प्रारम्भिक अनुसन्धानको क्रममा गत माघ १७ गते गुरुङ र पोखरेलको खाजाघरबाट नगद, सामन र खाजा घरमा आगोलागी गराई पूर्ण रुपमा ध्वस्त बनाएको स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
मङ्गलबार चोरी आरोपमा पक्राउ परेका मग्रतीलाई शुक्रबार चोरी तथा आपराधिक उपद्रव शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो । 

आरोपी मग्रती यस अघि पनि २०७१ जेठ १८ मा डाँका चोरी गरी कर्तव्य ज्यान कसुर, २०७९ कात्तिक १७ गते चोरी कसुर र २०८० वैशाख ३१ गते सार्वजानिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता भई कारबाही भएको जिल्ला प्रहरी कार्यालय गोरखाको अभिलेखमा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।  

images
प्रकाशित मिति :फाल्गुण ९, २०८१ शुक्रवार - २०:०७:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology