Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

लमजुङमा तीन तले घरको छतबाट खस्दा बालकको मृत्यु

लमजुङमा तीन तले घरको छतबाट खस्दा बालकको मृत्यु

images

इच्छाकामना न्युज

९, फाल्गुण २०८१
लमजुङमा तीन तले घरको छतबाट खस्दा बालकको मृत्यु
images

लमजुङ । लमजुङको बेंसीसहर नगरपालिका-८ क्याम्पस रोडमा ३ तले घरको छतबाट खस्दा ४ वर्षीय हमदान मियाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आफ्नै घरको छतमा खेलिरहेका उनी सडकमा खसेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनलाई लमजुङमा उपचार हुन नसकी भरतपुर चितवनस्थित चितवन मेडिकल कलेज लगिएको थियो ।

अस्पताल पुर्‍याइएका बालकको उपचारको क्रममा बिहीबार राति १० बजे आसपास मृत्यु भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए । उनका अनुसार बालक बिहीबार अपरान्ह साढे ४ बजेतिर खसेर गम्भीर घाइते भएका थिए ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०८१ शुक्रवार - २०:१०:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology