Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

रामशाहघाटदेखि मनकामना मन्दिर जाने सडक स्तरोन्नति

रामशाहघाटदेखि मनकामना मन्दिर जाने सडक स्तरोन्नति

images

इच्छाकामना न्युज

९, फाल्गुण २०८१
रामशाहघाटदेखि मनकामना मन्दिर जाने सडक स्तरोन्नति
images

मनकामना , फागुन ९ गते । गोरखा नगरपालिका-१३ को रामशाहघाटदेखि नेपालको प्रसिद्ध मन्दिर मनकामना मन्दिर जाने सडक स्तरोन्नति सुरु भएको छ । गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सिमानमा रहेको रामशाहघाटदेखि मनकामना मन्दिरसम्म सडक खण्ड स्तरोन्नति भएपछि यात्रा सहज हुने भएको हो ।

सडक स्तरोन्नति भएसँगै वर्षा भएपछि हिलाम्मे सडक र भौगोलिक अवस्थाका कारण धुलाम्मे सडक भएर यात्रा गर्नुपर्ने अवस्था अन्त्य भएकोे गोरखा सडक योजनाका इन्जिनियर आशिष रिजालले जानकारी दिनुभयो । गोरखा र तनुहँको सिमानाबाट दरौंदी नदी र मर्स्याङ्दी नदीको कुनाबाट मनकामना जाने सडकमा ग्याबिन, रिटनिङ, स्टक्चर र टेवा पर्खाल लगाएर सडक स्तरोन्नति गरिएको छ । 

सडक स्तरोन्नतिले तीव्रता पाएसँगै सडक बाटो भएर यात्रा गर्ने विशेषगरी गोरखाका स्थानीयहरुलाई थोरै रकममा मनकामना मन्दिरमा पुगिने भएको गोरखा नगरपालिकाका – १३ का पूर्व वडाअध्यक्ष हरि खनालले बताउनुभयो । अहिले गोरखाका अधिकांश भक्तजनहरु गोरखाबाट, आबुँखैरनी, मुग्लिङ, केबुलकार हुँदै मनकामना धेरै रकम खर्च गरेर जानुपर्ने अवस्था अन्त्य भएको उहाँको भनाइ छ । 

सडक स्तरोन्नकिा लागि चालु आर्थिक वर्षको सङ्घीय बजेटबाट सङ्घीय सरकारले ६ करोड ९१ लाख रुपियाँ बराबरको बजेट गोरखा सडक योजना कार्यालय गोरखाले ठेक्का मार्फत झण्डै ४ किलोमिटर सडक स्तरोन्नति हुने भएको हो । 

सडक फराकिलो साथै घुम्ती र मोडमा आरसिसि ढलान नाली र ग्याबिन जाली निर्माण गरेर सडक स्तरोन्नति गरिएको सडक योजना कार्यालय गोरखाका इन्जिनियर रिजालले बताउनुभयो । सडक स्तरोन्नति भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ । 

साँघुरो र त्यहीँमाथि घुम्ती मोड भएकाले हिउँदमा पनि यात्रा गर्न असहज भएको थियो, बर्खामा त झन् सवारीसाधन हिलाम्मे भएर फस्ने समस्या थियो । अबदेखि हिउँद र बर्खामा छोटो बाटो कम खर्चमा मनकामना मन्दिर जान पाइने भएको भट्टाबेंसीका स्थानीय राजेन्द्र लोहनीको भनाइ छ ।

सडक योजना कार्यालय गोरखा र निर्माण कम्पनी श्री देव विष्णु सोबित विराट बिल्डर्स आरुघाट गोरखाले २०८१ जेठ १७ गते सम्झौता भएर २०८३ जेठ ६ गते सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । त्यही अनुरुप निर्माण कम्पनीले निर्माण कामलाई तीव्रता दिएको साथै समय सीमाभन्दा अगावै काम सम्पन्न हुने गोरखा सडक योजनाका गोरखाका सूचना अधिकारी आशिष रिजालले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :फाल्गुण ९, २०८१ शुक्रवार - २०:१५:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology