Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

व्यासगुफामा महासंघ तनहुँको बैठक दस्तावेज लेखन समिति गठन

व्यासगुफामा महासंघ तनहुँको बैठक दस्तावेज लेखन समिति गठन

images

इच्छाकामना न्युज

१०, फाल्गुण २०८१
व्यासगुफामा महासंघ तनहुँको बैठक दस्तावेज लेखन समिति गठन
images

दमौली, १० फागुन । नेपाल पत्रकार महासङ्घ तनहुँले शाखाको इतिहासदेखि वर्तमानसम्मको अवस्था समेटिने गरी दस्तावेज लेखन गर्ने भएको छ ।

शाखाको व्यास नगरपालिका–३ स्थित व्यास गुफामा आज बसेको बैठकले दस्तावेज लेखनका लागि समिति गठन गरेको छ । शाखाका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा शाखाका पूर्व अध्यक्षहरु मुक्तिनाथ खनाल, प्रदीप काफ्ले, प्रेमप्रसाद पौडेल, डम्बरबहादुर अधिकारी, प्रकाशचन्द्र भट्टराई, ओमकार आचार्य, उज्ज्वल पौडेल, पूर्व सचिव डा. बसन्त कंडेल, अग्रज पत्रकार ऋषिराम पोख्रेल, गोरा मियॉ, निवर्तमान उपाध्यक्ष अस्मिता खनाल रहनुभएको छ भने सदस्य सचिवमा शाखा अध्यक्ष धनपति अधिकारी (डिपी) रहनुभएको छ ।

शाखा अध्यक्ष अधिकारीले यस दस्तावेजले महासङ्घको समग्र अवस्था अध्ययनका लागि सहयोग पुग्ने बताउनुभयो । बैठकले व्यास गुफा क्षेत्र व्यास नगरपालिकाको महत्वपूर्ण धार्मिक गन्तव्यस्थल भएकाले यसको प्रचारप्रसारका लागि सबै सञ्चारमाध्यमलाई सहयोगका लागि आग्रह गर्ने निर्णय गरेको सचिव कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

त्यसक्रममा व्यास गुफा क्षेत्रका प्रमुख संरक्षक दामोदर बाबाले विभिन्न तथ्य र प्रमाणले महर्षि वेदव्यासको जन्म यहाँ भएको पुष्टि गरिसकेकाले यस क्षेत्रको प्रचारप्रसारका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । महासङ्घको आगामी बैठक जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको आँबुखैरेनीस्थित छिम्केश्वरीमा बस्ने भएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०८१ शनिवार - १६:००:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology