इच्छाकामना । चितवनको इच्छाकामना – ५ मुग्लिन बजारमा माइक्रोले ठक्करबाट एक बृद्धा महिला घाईते भएका छन् ।
आज साँझ करिब ६ः३५ बजे काठमाडौ बाट भरतपुरतर्फ जाँदै गरेको ग १ ख ४४४४ नं. को माइक्रोले ठक्कर दिदा अन्दाजी ६५ वर्षीय सुकमाया गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारिले जानकारी दिनुभएको छ ।
ठक्कर दिने माइक्रो चालक र माइक्रो प्रहरिको नियन्त्रणमा रहेको छ ।