Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बिजुली नपुगेको उत्तरी गोरखाका ४ सय ६० घरमा सोलार जडान

बिजुली नपुगेको उत्तरी गोरखाका ४ सय ६० घरमा सोलार जडान

images

इच्छाकामना न्युज

१२, फाल्गुण २०८१
बिजुली नपुगेको उत्तरी गोरखाका ४ सय ६० घरमा सोलार जडान
images

गोरखा । केन्द्रीय विद्युत् प्रसारण लाइन नपुगेको उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाका ४ सय ६० घरधुरीमा सोलार जडान गरिएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत घरेलु सौर्य ऊर्जा प्रविधि जडान कार्य अन्तरगत २०७६ बाट सुरु भएको सोलार जडानको काम बल्ल अन्तिम चरणमा पुगेको हो ।

चुमनुब्री गाउँपालिका–३ र ६ तथा धार्चे गाउँपालिका–३, ४, ५ ६, ७ मा सोलार जडान भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख मिलन पौडेलले बताए । धार्चेमा २३० र चुमनुब्रीमा २३० घरधुरी छनोट गरी सोलार जडान भएको उनले बताए ।

सोलार जडानको काम सकिएपछि नवीकरणीय ऊर्जा परीक्षण केन्द्रबाट प्राविधिक देखाएर अनुगमन परीक्षणको काम पनि सम्पन्न भएको छ,’ उनले भने,‘प्राविधिको परीक्षण रिपोर्टका आधारमा ठेकेदारलाई दिनुपर्ने अन्तिम भुक्तानी र सुधार गर्नुपर्ने भए बाँकी काम सम्पन्न गर्ने तर्फ लाग्छौं ।’

कार्यालय र सूर्यरोशनी इन्ड्रस्ट्रियल प्रालिबीच एक वर्षभित्रै काम सम्पन्न गर्ने गरी २०७६ असोजमा सम्झौता भएको थियो । तर झन्डै पाँच वर्षपछि सौर्य ऊर्जा प्रविधि जडानको काम अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेशको घरेलु सौर्य ऊर्जा प्रविधि जडानसम्बन्धी कार्यविधि-२०७५ अनुसार नै स्थानीय पालिकाले छनोट गरिएका घरधुरीमा सोलार जडान भएको उनले बताए ।

 
७९ लाख ४७ हजारको बजेटबाट सोलार जडान गरिएको हो । गण्डकी प्रदेशमा विद्युतको पहुँच नभएको घरधुरीका नागरिकलाई वैकल्पिक ऊर्जाको माध्यमबाट विद्युतको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ उत्तरी गोरखाको दुर्गम क्षेत्र छनौट गरी सोलार जडानको काम सुरु गरिएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण १२, २०८१ सोमवार - २१:०६:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology