Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

लमजुङमा बंगुरको मासु आयातमा कडाइ

लमजुङमा बंगुरको मासु आयातमा कडाइ

images

इच्छाकामना न्युज

१२, फाल्गुण २०८१
लमजुङमा बंगुरको मासु आयातमा कडाइ
images

लमजुङ । लमजुङमा बाहिरी तथा छिमेकी जिल्लाबाट बंगुरको काँचो मासु ल्याउन कडाइ गरिएको छ । छिमेकी जिल्लाहरु तनहुँ, कास्की, स्याङ्जाका विभिन्न ठाउँका बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको भन्दै जिल्ला प्रशासन कार्यालयले कडाइ गरेको हो ।

प्रहरीले लमजुङ प्रवेश नाकामा प्रहरी खटाएर यसको निगरानी गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले हालसम्म यो रोग लमजुङका बंगुरमा नदेखिएको र किसानलाई क्षति नपुगोस् भनेर निगरानी बढाएको बताए ।

‘सुँगुर–बंगुरमा लाग्ने यो रोग पोहर–परास लमजुङमा लागेको रहेछ । यो सुँगुर–बंगुरको प्राणघातक रोग रहेछ, सोत्तर पार्दौ रहेछ,’ उनले भने, ‘यहाँको सुँगुर–बंगुरलाई जोगाउन, किसानको लगानीलाई जोगाउन हामीले सुँगुर–बंगुर र काँचो मासुमा निगरानी बढाएका छौं ।’

उनले बाहिरी जिल्लामा सुँगुर र बंगुरमा अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भएकोले यो रोगको समयमै रोकथामका लागि बाहिरी जिल्लाबाट मासु ओसारपसार गर्दा अनिवार्य स्वास्थ्य प्रमाणपत्र लिएर मात्र ओसारपसार गर्नुपर्ने बताए ।

images
प्रकाशित मिति :फाल्गुण १२, २०८१ सोमवार - २१:०७:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology