कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाको आयोजनामा स्थानीय मेलमिलापकर्ताहरुको लागि मेलमिलाप सम्बन्धि दुइ दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । कुरिनटार स्थित गाउँपालिकाको सभाहलमा सम्पन्न तालिम आईतबार र सोमबार दुई दिन संचालन भएको हो।
गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक माया सिलवालको अध्यक्षतामा सम्पन्न तालिमको समापन समारोहको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ रहेका थिए ।

कार्यक्रममा गाउँपालिकाका सबै ७ वटै वडाका आधारभूत तालिम लिएका सूचिकृत मेलमिलापकर्ताहरु, न्यायिक समितिका सदस्यहरु, न्यायिक समिती सचिवालयका कर्मचारीहरु गरी २३ जना सहभागी रहेका थिए भने उनीहरुका लागि सुशासन तथा विकास प्रतिष्ठान लाजिम्पाटका प्रशिक्षकहरु कविता अधिकारी र बन्धुराज पौडेलले तालिमको सहजिकरण गरेका थिए ।
कार्यक्रमको समुद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोन्धन गर्दै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले पालिकाको न्यायिक अवस्था र विगतमा मेलमिलापकर्ताले तालिम प्राप्त गरे देखि हालसम्मको अवस्था बारेमा वस्तुगत रुपमा प्रकाश पारेका थिए ।