आँबुखैरेनी, १३ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारबाट लागु औषध सहित १ जना व्यक्ति पक्राउ परेका छन् ।
पृथ्वी राजमार्ग सडक–खण्ड अन्तर्गत बेनीटारमा प्रहरी टोलिले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा लमजुङ जिलला मध्यनेपाल नगरपालिका वडा नं. ६ बस्ने बर्ष २४ को नरेश क्षेत्रीलाई लागु औषध सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
चेकजाँचका क्रममा क्षेत्रीको साथबाट लुकाई छिपाई ल्याएको अवस्थामा नाइट्राफास्ट–१० लेखिएको जम्मा २९८ ट्याब्लेट लागु औषध बरामद गरेको प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
क्षेत्रीलाई पक्राउ गरी थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले बताएको छ ।