Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मगर स्थापना दिवसका अवसरमा तनहुँका सबै पालिकामा सार्वजनिक बिदा

मगर स्थापना दिवसका अवसरमा तनहुँका सबै पालिकामा सार्वजनिक बिदा

images

इच्छाकामना न्युज

१४, फाल्गुण २०८१
मगर स्थापना दिवसका अवसरमा तनहुँका सबै पालिकामा सार्वजनिक बिदा
images

तनहुँ ।  ४३ औं मगर स्थापना दिवसका अवसरमा तनहुँका १० वटै पालिकाले सार्वजनिक बिदा दिएका छन् । स्थानीय बिदाअन्तर्गत फागुन १५ बिहीबारका दिन ४ नगरपालिका र ६ गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हो ।

२०३९ साल फागुन १५ गते तनहुँको सदरमुकाम दमौलीमा नेपाल लांघाली परिवार संघको स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । उक्त दिन पालिकाअन्तर्गतका वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक), तथा सम्पूर्ण सार्वजनिक सघसंस्था बन्द रहनेछन् ।

पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीच २०३९ फागुन १४, १५ र १६ गते हजारौं मगर समुदायको उपस्थितिमा दमौलीमा ‘नेपाल लांघाली परिवार संघ’ को प्रथम महाधिवेशन सम्पन्न भएको थियो । सोही दिनको स्मरणमा फागुन १५ लाई संघको स्थापना दिवसका रूपमा मनाउने गरिन्छ । यस दिनलाई मगर दिवस पनि भनिन्छ । २०४८ को चौथो महाधिवेशनले ‘नेपाल लांघाली परिवार संघ’ लाई नाम परिवर्तन गरी ‘नेपाल मगर संघ’ मा रूपान्तरण गरेको थियो ।

मगर दिवसका अवसरमा मगर संस्कृति झल्काउने भेषभूषा, झाँकीसहित बृहत् र्‍याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाच र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुन्छ ।

फागुन १५ मा संघीय सरकारबाट नै सार्वजनिक बिदा, लखन थापालाई राष्ट्रिय विभूति, मगर समुदायको भाषा, संस्कृति संरक्षणमा उचित बजेट र आईएलओ १६९ लगायत अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको पूर्ण पालना गर्नुपर्ने माग तनहुँका मगर समुदायले गर्दै आएका छन् ।

तनहुँको कूल जनसंख्या ३ लाख २१ हजार १५३ मध्ये सबैभन्दा बढी संख्या मगर समुदायको छ । २०७८ को राष्ट्रिय जनगणनाअनुसार मगर समुदायको जनसंख्या ८३ हजार ६३९ रहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०८१ बुधवार - ०९:३२:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology