गोरखा, १४ फागुन । गोरखाको हरमटारीमा जारी अन्नपूर्ण स्कुल ९ औं गोर्खाली रनिङ्ग कप - २०८१ को उपाधी हरमटारी क्लबले जितेको छ ।
आज भएको फाइनलमा चाइनिज धारा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै हरमटारी क्लबले ९ औं गोर्खाली रनिङ्ग कपको उपाधी जितेको हो । यो संगै हरमटारी क्लबले चौथो पटक उपाधी जित्न सफल भएको छ ।
खेलमा हरमटारी क्लबका खेलाडी देव गुरुङ (देब्बा) ले निर्णायक गोल गर्दै टिमलाई उपाधी दिलाउन सफल भएका छ्न ।
उपाधी सगै हरमटारी क्लबले नगद रु. ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ, भने उपबिजेता टिम चाइनिज धारा क्लबले नगद रु. २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
गत फागुन ७ गतेदेखि संचालित उक्त प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो ।