Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आँबुखैरेनीको प्यूघरमा नि: शुल्क दन्त शिविर सुरु, पहिलो दिनमा ६६ जनाको दन्त परिक्षण

आँबुखैरेनीको प्यूघरमा नि: शुल्क दन्त शिविर सुरु, पहिलो दिनमा ६६ जनाको दन्त परिक्षण

images

इच्छाकामना न्युज

१८, फाल्गुण २०८१
आँबुखैरेनीको प्यूघरमा नि: शुल्क दन्त शिविर सुरु, पहिलो दिनमा ६६ जनाको दन्त परिक्षण
images

आँबुखैरेनी, फाल्गुन १८ । तनहुँको आँबुखैरेनी गाउँपालिका र नेलम्बो नेपालको साझेदारीमा वडा नं ६ स्थित प्यूघर सामुदायिक स्वास्थ्य चौकीमा आज देखि नि: शुल्क दन्त शिविर सुरु भएको छ ।

आगामी फागुन २२ गतेसम्म संचालन हुने उक्त नि: शुल्क दन्त शिविरको गाउँपालिका अध्यक्ष शुक्र चुमानले उद्घाटन गर्नुभएको छ। यस शिविरमा वडा नं ५ र ६ का विशेष गरि दक्षिण भेगका स्थानीय बासिन्दाले सेवा लिन सक्ने गाउँपालिकाले जनाएको छ ।

शिविरको पहिलो दिन ७४ जनाले नाम दर्ता भएका मध्ये ६६ जना बिरामीले दन्त सम्बन्धि स्वास्थ्य सेवा लिएका छ्न । शिविरमा दाँत भर्ने, दाँत निकाल्ने, RVG (Radiovisiography), दाँत सफा गर्ने, र दाँतको जरा देखि उपचार (RCT) जस्ता स्वास्थ्य सेवा रहेका छन्।

आजको नि: शुल्क दन्त शिविरमा २ जनाको दाँत भरिएको, २१ जनाको दाँत निकालिएको, २६ जनाको आर.भि.जी. गरिएको , १० जनाको दाँत सफा गरिएको र ७ जनाको दाँतको जरा देखि उपचारको गरिएको थियो ।

गरीब र विपन्न वर्गका स्थानीय बासिन्दालाई दन्त स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले ५ दिने नि: शुल्क दन्त शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभएको छ । आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य सेवा सुधारको लागी यस्ता आयोजनाहरू निरन्तर सञ्चालन गर्दै आएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १८, २०८१ आइतवार - २२:४४:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology