Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सरसफाइ व्यवस्थापन केन्द्रको जग्गा खरिदमा कर्मचारीकै बदमासी

सरसफाइ व्यवस्थापन केन्द्रको जग्गा खरिदमा कर्मचारीकै बदमासी

images

इच्छाकामना न्युज

२०, फाल्गुण २०८१
सरसफाइ व्यवस्थापन केन्द्रको जग्गा खरिदमा कर्मचारीकै बदमासी
images

तनहुँ, फागुन २० गते । तनहुँको व्यास नगरपालिकाले वडा नम्बर १३ मा  सरसफाइ व्यवस्थापनको लागि जग्गा खरिदमा नगरपालिकाकै कर्मचारीले चलखेल गरेको खुलासा भएको छ ।  सरसफाइ जग्गा व्यवस्थापन केन्द्रले पत्रकार सम्मेलनमा कमिसनको लागि कर्मचारीले चलखेल गरेको अडियो हालै सार्वजनिक गरिएको हो ।

     पत्रकार सम्मेलनमा सरसफाइ जग्गा व्यवस्थापन समितिका संयोजक तथा व्यास नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष वसन्तबहादुर आलेले  अडियो सार्वजनिक गर्नु भएको थियो । वरिष्ठ आन्तरिक लेखा परीक्षण [आलेप] अधिकृत कुमार कन्चन जिसीले ५० लाख रुपियाँ घुस रकम पाए मात्रै काम पुरा हुने गोप्य अडियो रेकर्ड सुनाइएको थियो । रकम नपाएको अवस्थामा ईश्वर पन्थको फमको नाममा रहेको सो जग्गालाई बैङ्कबाट लिलाम गराई सस्तोमा खरिद गरी रिर्सोट सञ्चालन गर्न सकिने, आश्रम तथा जग्गा प्लटिङ गरी घर निर्माण गरी बिक्री गरी नाफा कमाउन सकिने अडियो मा छ ।  सरसफाइ शाखाका प्रमुख कृष्णराज घिमिरे, जग्गा दलालीले गरेको षडयन्त्र, अधिवक्ता विश्व वास्तालाले जग्गा खरिद कार्य रोक्ने तरिकाको बारेमा कानुनी परामर्श दिएको अडियो सार्वजनिक गरिएको थियो ।  

 व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले दोषीलाई कारबाही हुने बताउनु भयो । नगर प्रमुख न्यौपानेले मङ्गलबार गोरखापत्रसँग जग्गा खरिद प्रक्रियालाई बिथोल्न नगरपालिकाका आलेप अधिकृत कुमार कञ्चन जिसी सहितका कर्मचारीको अडियो सार्वजनिक भएको हुँदा उनीहरूलाई कार्यपालिका बैठक बसेर कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको उहाँले बताउनुभयो  । नगर प्रमुख न्यौपाने जग्गा खरिद गर्नु अगाडि देखिनै स्थानीयलाई उचाल्ने देखि अख्तियारमा उजुरी हालिएको बताउनु भएको छ । नगरपालिकाले जग्गा खरिदका लागि सार्वजनिक सूचना जारी गर्ने देखि अन्य प्रक्रिया पुरा गरेको समेत नगर प्रमुख न्यौपानेको भनाई रहेको छ । यस अगाडि विभिन्न स्थानमा सरसफाइ केन्द्र स्थापनाका लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाउँदा विभिन्न बहानामा अवरोध खडा गरिएको पाइएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

 प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले दोषी नउम्कने बताउनुभयो । गैरेले भन्नुभयो, ‘हामीले अनुसन्धान गरिरहेका छौँ कानुन अनुसार कारबाही हुन्छ । ’ वरिष्ठ आलेप अधिकृत कुमार कञ्चन जिसीले जग्गा खरिद गर्ने विषयमा आफ्नो संलग्नता देखिएमा कारबाही भोग्न तयार रहेको बताउनु भएको छ । सरसफाइ केन्द्र स्थापनाको प्रक्रिया अगाडि बढाउने विषयमा आफूले पाएको जिम्मेवारी इमानदारी पूर्वक निर्वाह गरेको दाबी गर्नुभयो ।  जिसीले अडियो काण्डको विषयमा सोधिएको प्रश्नमा जिसीले आफू निकै तनावको अवस्थामा रहेको र साँझ खाइपिइएको समयमा बोलेको हुन सक्ने बताउनु भयो ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०८१ मंगलवार - १०:३८:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology