Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

इच्छाकामनामा सुरक्षित आप्रवासनबारे सरोकारवालाहरुलाई अभिमुखीकरण

इच्छाकामनामा सुरक्षित आप्रवासनबारे सरोकारवालाहरुलाई अभिमुखीकरण

images

इच्छाकामना न्युज

२१, फाल्गुण २०८१
इच्छाकामनामा सुरक्षित आप्रवासनबारे सरोकारवालाहरुलाई अभिमुखीकरण
images

 इच्छाकामना । चितवनको इच्छाकामनामा सुरक्षित आप्रवासन -सामी_ कार्यक्रम अन्तरगत सरोकारवालाहरुसँगको अन्तरक्रिया तथा अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

वैदेशिक रोजगार सम्बन्धि उत्पन्न हुने समस्याको बारेमा इच्छाकामनाका जनप्रतिनिधि र कर्मचारीहरुलाई जानकारी गराउने र सुझाव लिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो । 
सो कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्र र सुरक्षित आप्रवासन (सामी) कार्यक्रम चितवनका संयोजक सूर्य पौडेलले सामी कार्यक्रमको उदेश्य र गतिविधिबारे जानकारी गराउनुभएको थियो । 
परियोजना सुरु भएपछि विदेशमा मृत्यु भएका १ सय ५ वटा शव चितवन ल्याउन सफल भएको परियोजनाले जनाएको छ । यस्तै विदेशमा अलपत्र, बेपत्ता, बन्धक र जेल लगायतमा बसेका व्यक्तिहरुको समेत उद्वार गरिएको छ ।

वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका र पूर्ण रुपमा आर्थिक सहायता पाएका परिवारका छोरा छोरीलाई २३ लाख ९२ हजार रुपैयाँ छात्रवृद्धि समेत उपलब्ध गराइएको कार्यक्रम संयोजक सूर्य पौडेलले बतानुभयो । उहाँका अनुसार  बामती प्रदेशमा चितवनबाट वैदेशिक रोजगारीमा जानेको संख्या सबै भन्दा बढी छ । 
वैदेशिक रोजगारीका क्रममा ठगिने भएकाले परामर्श  आवश्यक रहेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । विदेशमा गएपछि समस्या पर्ने भएकाले सिप सिकेर जानुपर्ने उहाँको भनाई छ। जसका लागि गाउँपालिकाले विभिन्न सीपमुलक तालिमहरु प्रदान गर्दै आइरहेको बताउनुभयो ।

यस कार्यक्रमलाई प्रभावकारी बनाउका लागि प्रत्येक वडाका टोलटोलमा जनचेतनामुलक कार्यक्रम गर्ने अध्यक्ष गुरुङले बताउनुभयो । वैदेशिक रोजगारीबारे आवश्यक परामर्श सेवा गाउँपालिकाबाटै प्राप्त हुने कुरा सबै नागरिकले थाहा पाउने गरि गाउँटोलमा पु¥याउन कार्यक्रममा सहभागीहरुलाई आग्रह गर्नुभयो । 

images
प्रकाशित मिति :फाल्गुण २१, २०८१ बुधवार - २१:४६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology