Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँमा हत्या आरोपमा एक जना पक्राउ

तनहुँमा हत्या आरोपमा एक जना पक्राउ

images

इच्छाकामना न्युज

२१, फाल्गुण २०८१
तनहुँमा हत्या आरोपमा एक जना पक्राउ
images

अमरराज नहर्की

तनहुँ, फागुन २१ गते । बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा तनहुँ प्रहरीले व्यास नगरपालिका–९ कुमालगाउँका ३० वर्षीय शिवशङ्कर भन्ने शङ्कर परियारलाई नियन्त्रणमा लिएको छ। सोही ठाउँ बस्ने छिमेकी ६६ वर्षीया विष्णुमाया कुमालको बुधबार बिहान ७ः३० बजे हत्या गरेको आरोप परिवारमाथि लागेको छ।

आफ्नै घर अगाडिको खाली जग्गामा मृत अवस्थामा रहेको भन्ने स्थानीयबाट सूचना प्राप्त हुनसाथ घटनास्थलमा पुगेको प्रहरीले कुमाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो। 

विष्णुमायालाई धारिलो हतियार बन्चरोले टाउकोमा निर्ममता पूर्वक प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

आरोपित कुमाललाई बुधबार तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भएको छ।

images
प्रकाशित मिति :फाल्गुण २१, २०८१ बुधवार - २१:५०:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology