Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

व्यास नगरपालिकाका ४ जना कर्मचारी निलम्बनमा

व्यास नगरपालिकाका ४ जना कर्मचारी निलम्बनमा

images

इच्छाकामना न्युज

२१, फाल्गुण २०८१
व्यास नगरपालिकाका ४ जना कर्मचारी निलम्बनमा
images

तनहुँ । तनहुँको व्यास नगरपालिकाका ४ जना कर्मचारी निलम्बनमा परेका छन् । बुधबार बसेको नगरपालिकाको नियमित बैठकले आलेप अधिकृत कुमारकञ्चन जीसी, सरसफाइ शाखा अधिकृत कृष्णराज घिमिरे सहित ४ जना कर्मचारीलाई निलम्बित गरेको हो । 

नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतलाई अमर्यादित भाषा प्रयोग गरेको अभियोगमा उनीहरु निलम्बनमा परेका छन् । सरसफाइ केन्द्रको जग्गा खरिदसँग सम्बन्धित रहेर प्रमुख प्रशासकीय अधिकृतबाट ७ दिने स्पष्टीकरण सोधिएकामा बुधबार बसेको कार्यपालिकाको बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

ती कर्मचारीहरूलाई छानबिन प्रक्रिया नटुङ्गिदासम्म निलम्बन गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन र छानबिनका लागि स्पष्टीकरण सोधिएका कर्मचारीलाई दिएको अतिरिक्त थप सुविधा हाललाई कटौती गरी कार्यपालिकाबाट तोकिएका सबै समिति, उपसमितिको जिम्मेवारीबाट हटाउने निर्णय भएको नगरप्रमुख न्यौपानेले बताए ।

फोहोर व्यवस्थापनका लागि व्यास-१३ मा खरिद गर्न लागिएको जग्गामा नगरपालिकाकै कर्मचारीले चलखेल गरेको खुलासा भएसँगै ती कर्मचारीलाई स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण माग गरिएका कर्मचारीहरूको प्राप्त स्पष्टीकरण फागुन २६ गते बिहान ८ बजे हुने बैठकमा पेस गर्ने निर्णय भएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २१, २०८१ बुधवार - २२:१५:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology