आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिकाको विकासमा " छिम्केश्वरी पर्यटन पुर्वाधार विकासले पार्ने प्रभाव र यसको रुपरेखा विषयक " अन्तरकृया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षता तथा प्रतिनिधि सभाका सांसद स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
आँबुखैरेनी गाउँपालिकाको आयोजना तथा छिम्केश्वरी पर्यटन विकास समितिको संयोजकत्वमा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा छिम्केश्वरीको समग्र विकासको विषयमा बृहत् छलफल भएको थियो ।
सो अन्तरकृया कार्यक्रममा प्रतिनिधि सभाका सांसद स्वर्णिम वाग्लेले ब्रान्डिङ्ग गरेर छिम्केश्वरीको पर्यटन विकास गर्न सकिने बताउनुभयो ।
यस्तै, गाउँपालिका अध्यक्ष शुक्र चुमानले छिम्केश्वरीको विकास नै गाउँपालिकाको विकास रहेकोले संघीय सरकार, प्रदेश सरकार, देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण आँबुखैरेनीबासीलाई आह्वान गर्नुभएको छ ।
उक्त कार्यक्रममा प्रतिनिधि सभाका सांसद स्वर्णिम वाग्ले, गाउँपालिका अध्यक्ष शुक्र चुमान, गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्मा, छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङ लगाएत विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।