Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

अमर्यादित भाषा प्रयोग गर्ने एक नगर कर्मचारीको निलम्बन फुकुवा

अमर्यादित भाषा प्रयोग गर्ने एक नगर कर्मचारीको निलम्बन फुकुवा

images

इच्छाकामना न्युज

२६, फाल्गुण २०८१
अमर्यादित भाषा प्रयोग गर्ने एक नगर कर्मचारीको निलम्बन फुकुवा
images

तनहुँ ।  जिल्लाको व्यास नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतलाई अमर्यादित भाषा प्रयोग गरेको अभियोगमा निलम्बनमा परेका कर्मचारीमध्ये एक जनाको निलम्बन फुकुवा गरिएको छ । चार जनाविरुद्ध स्पष्टीकरण मागिएकामा चारैजनाको स्पष्टीकरण प्राप्त भएपछि सोमबार बसेको व्यास नगर कार्यपालिका बैठकले एक जनाको निलम्बन फुकुवा गरेको हो । 

नगरपालिकाका कर्मचारीहरु कुमारकञ्चन जीसी, प्रमोद सोती, कृष्णराज घिमिरे र कुशेश्वर गुरुङले मादक पदार्थ सेवन गरी गरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध बोलेको अडियो सार्वजनिक भएपछि फागुन १९ गते स्पष्टीकरण माग गरिएको थियो । २१ गते चारै कर्मचारीलाई निलम्बन गरिएको थियो ।

गुरुङले घटना स्वीकार गरी क्षमा मागेकाले निजको हकमा सचेत गराई निलम्बन फुकुवा गराइएको नगर प्रवक्ता एवं वडा नम्बर ९ का वडाध्यक्ष सुरेश थापाले बताए । उनका अनुसार अन्य तीन कर्मचारीलाई पुनः स्पष्टीकरण माग गरी कानुनबमोजिमको कारबाही अघि बढाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिने निर्णय गरिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०८१ सोमवार - २०:१८:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology