Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

अग्निपीडितलाई पुनः नगद २८ हजार ५१५ सहयोग

अग्निपीडितलाई पुनः नगद २८ हजार ५१५ सहयोग

images

इच्छाकामना न्युज

२६, फाल्गुण २०८१
अग्निपीडितलाई पुनः नगद २८ हजार ५१५ सहयोग
images
देवघाट । बिहानी मिडियाको समन्वयमा देवघाटका अग्निपीडितलाई पुनः नगद रकम सहयोग गरेको छ । सोमबार बिहानी मिडियाका अध्यक्ष आशिक रानामगरले देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरको प्रमुख आतिथ्यतामा पुनः नगद २८ हजार ५१५ रुपैयाँ नगत रकम सहयोग हस्तान्तरण गरेका हुन् ।
देवघाट-४ स्थित रातेपानीकी जुनकिरी भुजेलको घरमा गत वैशाख २५ गते राति दिउँसो परेको चट्याङले घरमा आगो लागेको थियो । चट्याङ परेपछि जुनकिरीका ससुरा तुलबहादुरबाहेक सबैजना बेहोस भएका थिए । उनै तुलबहादुरले परिवारका सबै सदस्यको ज्यान जोगाइदिएका थिए । आर्थिक रूपमा अति विपन्न परिवारमा चट्याङ बज्रिएपछि झनै सङ्कट आइपरेको थियो ।
जुनकिरीको घरमा दश जनाको संयुक्त परिवार छ । भुजेल परिवार आगलागीबाट घरसँगै अन्नपात तथा लत्ताकपडा सबै जलेपछि घरबारविहीन बनेको छ । विपदको बेला सबै मिलेर सहयोग गर्न देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले आग्रह समेत गरे । ‘विपदको बेला जसले जहाँबाट जे सकिन्छ, त्यही सहयोग गर्नुपर्छ,’ उनले भने, ‘फलानोले गर्छ र ढिस्कानोले गर्छ भनेर धाक हेर्नु हुँदैन ।’
सोही विषयमा बिहानी मिडियाले दोस्रो पटक पुनः पहल गरेपछि आर्थिक स्रोत जुटेको थियो । मिडियाका अध्यक्ष रानामगरका अनुसार देवघाट वडा नम्बर ५ निवासी रक्षा कार्कीबाट १ हजार ५ सय रुपैयाँ, भरतपुर चितवनका सुमित्रा सुमित्रा सापकोटाबाट २ हजार रुपैयाँ,बराह आधारभूत विद्यालयका शिक्षक कर्मचारीबाट ५ हजार ५१५ रुपैयाँ,देवघाट ५ गौरीटारका हिरामाया रानामगरबाट १ हजार ५ रुपैयाँँ,भरतपुर चितवनका सुचना गुरुङबाट ३ हजार रुपैयाँ,भरतपुर १६ चितवनका पुर्णिामा गुरुङबाट ५ हजार रुपैयाँ,देवघाट ५ कालिमाटी निवासी हाल रोजगारीको सिलसिलामा अस्ट्रेलिया रहनु हुने भगवती गुरुङ र कमल गुरुङबाट १० हजार रुपैयाँँ गरि कुल जम्मा सहयोग रकम २८ हजार ५१५ रुपैयाँ सहयोग हस्तान्तरण गरेका थियो। घटना भएपछि सबैभन्दा पहिले आधारभूत आवश्यकता उपलब्ध गराएको थियो ।
भुजेलको परिवारलाई बसोबासको लागि गाउँले मिलेर सहयोग जुटाउन थालेका छन् । तर, पर्याप्त सहयोग नजुट्दा हालसम्म घर निर्माणको काम अझै निर्माणाधीन अवस्थामै रहेको स्थानीय नरबहादुर थापाले बताउनुभयो ।
सो सहयोग रकम हस्तान्तरण कार्यक्रम भुजेल समाज चितवनका अध्यक्ष रामबहादुर भुजेल,भुजेल समाज चितवनका सदस्य राजेश भुजेल,देवघाट ४ वडा निवासी नरबहादुर थापामगर लगायत उपस्थिति रहेको थियो।

images
प्रकाशित मिति :फाल्गुण २६, २०८१ सोमवार - २०:२२:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology