Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आरुघाटका ६ किसान सम्मानित

आरुघाटका ६ किसान सम्मानित

images

इच्छाकामना न्युज

२७, फाल्गुण २०८१
आरुघाटका ६ किसान सम्मानित
images

गोरखा । आरुघाट गाउँपालिकाले कृषि र पशुपालक ६ किसानलाई नगदसहित सम्मान गरेको छ । सोमबार गाउँसभाको १६ औं अधिवेशनको अवसरमा उत्कृष्ट कृषक छनोट गरी नगद १५ हजारसहित सम्मान गरिएको पशु सेवा शाखा प्रमुख इन्द्रहरि खनालले बताए । 

बाख्रा पालन गर्ने आरुघाट–३ का सेते खत्री, कुखुरा पालन गर्ने आरुघाट–१० का गीता श्रेष्ठ, माछा पालन गर्ने आरुघाट–१० का सन्दीप श्रेष्ठलाई सम्मान गरिएको छ । त्यस्तै मसला बालीतर्फ अलैंची खेती गर्दै आएका आरुघाट–२ का रामबहादुर गुरुङ, फलफूल खेती अन्तरगत केरा खेती गर्दै आरुघाट–१ का वीरबहादुर लामा र तरकारी खेती गर्ने आरुघाट–७ का गोपाल बानियाँलाई सम्मान गरिएको उनले बताए । गाउँपालिकाका अध्यक्ष राजु गुरुङले उत्कृष्ट किसानलाई सम्मानपत्रका साथ सम्मान गरेका थिए ।

त्यस्तै, अधिवेशनले आरुघाट आधारभूत अस्पतालमा सामाजिक सेवा इकाइ स्थापना गर्ने पनि निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०८१ मंगलवार - २०:३०:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology