Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँको सबैभन्दो अग्लो धार्मिक पर्यटकीयस्थल छिम्केश्वरीमा महासङ्घको बैठक

तनहुँको सबैभन्दो अग्लो धार्मिक पर्यटकीयस्थल छिम्केश्वरीमा महासङ्घको बैठक

images

इच्छाकामना न्युज

३०, फाल्गुण २०८१
तनहुँको सबैभन्दो अग्लो धार्मिक पर्यटकीयस्थल छिम्केश्वरीमा महासङ्घको बैठक
images

छिम्केश्वरी । तनहुँको सबैभन्दो अग्लो स्थान छिम्केश्वरीमा नेपाल पत्रकार महासङ्घ तनहुँको बैठक बसेको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीमा आज शाखाको बैठक बसेको हो ।  समुन्द्री सतहदेखि २१३४ मिटर उचाइमा रहेको मन्दिर परिसरमा बैठक सम्पन्न गरेको हो । 
जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्धेश्यसहित महासङ्घले घुम्ती बैठक आयोजना गर्ने निर्णय बमोजिम फागुपूर्णिमाको अवसर पारी छिम्केश्वरीमा शाखाको बैठक सम्पन्न भएको छ ।  बैठकले छिम्केश्वरी र बुढीमाइको सञ्चारमाध्यमबाट प्रचारप्रसार र प्रबद्र्धन गर्न सबैलाई आग्रह गर्ने निर्णय गरेको छ ।

छिम्केश्वरीको पछिल्लो समयमा प्रचारप्रसार भएपनि मनकामनाको जेठी दिदीको रुपमा मानिने बुढीमाई ओझेलमा रहेकाले यसको प्रचारप्रसारका लागि सञ्चारमाध्यमबाट सहयोग गर्न सबै सञ्चारकर्मीलाई आग्रह गरिएको शाखाका सचिव कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।  

शाखाका अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले जिल्लास्थित सबै सञ्चारमाध्यमको अभिलेखीकरण गर्ने निर्णय गरेको छ । त्यस्तै आगामी बैठक भानुको पर्यटकीय गाउँमा बस्ने निर्णय बैठकले गरेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ३०, २०८१ शुक्रवार - ०९:०५:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology