Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालत पोखरामा

निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालत पोखरामा

images

इच्छाकामना न्युज

३०, फाल्गुण २०८१
निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालत पोखरामा
images

तनहुँ । निर्विरोध निर्वाचित भएको घोषणा गर्न माग गर्दै दमौलीको आदिवि भानुभक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका सभापती र सचिवका उम्मेदबारले उच्च अदालत पोखरामा रिट दर्ता गरेका छन् । सभापती पदका उम्मेदबार सविन लामिछाने र सचिव पदका उम्मेदबार आशिष पौडेलले शुक्रबार उच्च अदालत पोखरामा उत्प्रेषण परमादेशको माग गर्दै रिट निबेदन दर्ता गरेका हुन् ।

रिटमा लामिछाने र पौडेलले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि क्याम्पसबाट गठित निर्वाचन समितिले निर्वाचन निर्देशिकाको उल्लंघन गरेको आरोप लगाएका छन् । त्रिभुवन विश्व विद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय निर्वाचन अनुगमन तथा समन्वय समितिले गत मिति २०८१ फागुन ९ गते प्रकाशित गरेको स्ववियु निर्वाचन २०८१ को निर्वाचन कार्यतालिकामा प्रतक्ष्य र समानुपातिक दुबै तर्फको उम्मेदबारको मनोनयन पत्र दाखिला गर्ने समय फागुन २७ गते विहान ११ बजेदेखी २ बजेसम्म र मतदान चैत ५ गते विहान ८ बजेदेखी साँझ ४ बजेसम्म तोकिएको थियो ।

त्रिभुवन विश्व विद्यालयको तोकेको निर्वाचन कार्यतालिका अनुसार विहान ११ बजेदेखी २ बजेसम्म रहेकोमा उक्त समय भित्र अनेरास्ववियुका उम्मेदबारको मात्र उम्मेदबारी परेको थियो । उक्त समय अन्य संगठनको उम्मेदबारी परेको थिएन । तर आदिकवि क्याम्पसको निर्वाचन प्रबन्ध समितिले कसैसँग परामर्श नगरि एकतर्फी रुपमा उम्मेदबारी दर्ता गर्ने समय साँझ ५ बजेसम्म थप गरेको थियो । यसर्थ त्रिविले प्रकाशित गरेको निर्देशिकाको उल्लंघन गर्दै क्याम्पसले आफुखुसी समय थप गरेको हुँदा उक्त थपिएको समयमा दर्ता भएको उम्मेदबारी अबैध ठहर गरि निर्धारित समयमा दर्ता भएको सभापती सविन लामिछाने र सचिव आशिष पौडेल रेहको टिमलाई सर्वसम्मत निर्वाचित भएको घोषणा गर्न माग रिटमा माग गरिएको छ ।

यस सम्बन्धमा क्याम्पसको निर्वाचन प्रबन्ध समितिलाई जानकारी गराई सर्वसम्मत घोषणा गर्न माग गरिएपनि निर्वाचन समितिले आफुहरुको अनुरोध वेवास्ता गरेको रिटमा जनाईएको छ । निर्वाचन समितिले निर्वाचन कार्यतालिका अनुसारको कार्य नगरि स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका २०८१ को दफा ७ विपरितको कार्य गरि नेपालको संविधानको धारा १८ बमोजिम कानुनको दृष्टिमा समान हुने र कानुनको समान संरक्षणबाट बन्चित नगरिने धारा ४२ बमोजिम सामाजिक न्यायको हक विपरितको कार्य गरेको हुँदा निर्धारित समय पछि दर्ता भएको अन्य संगठनको उम्मेदबारी खारेज गरि तोकिएको समय भित्र दर्ता भएको मनोनयनलाई सर्वसम्मत रुपमा निर्वाचित गराउनु भनि विपक्षी आदिकवि भानुभक्त क्याम्पस, निर्वाचन प्रबन्ध समिति, निर्वाचन प्रबन्ध समितिका संयोजक विश्वेश्वर तिमिल्सेना र त्रिभुवन विश्व विद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिलाई परमादेशको आदेश दिन माग गरिएको छ । साथै प्रस्तुत रिट निबेदनको माग सम्बोधन नभएसम्मका लागि निर्वाचन सम्बन्धि कुनैपनि गतिविधि सन्चालन नगराउनका निमित्त अन्तरिम आदेशको माग समेत गरिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ३०, २०८१ शुक्रवार - २२:३९:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology