Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सार्वजनिक जग्गा अतिक्रमण रोक्न गएका वडाध्यक्षमाथि रड प्रहार

सार्वजनिक जग्गा अतिक्रमण रोक्न गएका वडाध्यक्षमाथि रड प्रहार

images

इच्छाकामना न्युज

२, चैत्र २०८१
सार्वजनिक जग्गा अतिक्रमण रोक्न गएका वडाध्यक्षमाथि रड प्रहार
images

कास्की ।  सार्वजनिक जग्गा अतिक्रिमण रोक्न पुगेका पोखरा महानगरपालिका-२१ का वडाध्यक्षमाथि रड प्रहार भएको छ ।  वडाध्यक्ष दीपक सुवेदीमाथि शनिबार स्थानीय भूपेन्द्र गिरिले रड प्रहार गरेका हुन् । 

बाझीपोखरीमा पोखरीको कित्ताको सार्वजनिक जग्गा अतिक्रमण गरेर घर बनाउन लागेको थाहा पाएपछि रोक्न पुग्दा रड प्रहार भएको वडाध्यक्ष सुवेदीले बताए ।

आफूले सार्वजनिक जग्गामा घर नबनाउन आगह गर्दा पनि अटेर गरिएकाले नगर प्रहरी लगाएर रोक्न पुग्दा रड प्रहार भएको उनले बताए । ‘सेतो/रातो पुर्जा केही लिएर आउनुस्, अमिन पठाउन परे पठाउँछौं भन्यौं । उहाँसँग प्रमाण नै छैन,’ वडाध्यक्ष सुवेदीले इकान्तिपुरसित भने, ‘त्यो नितान्तः सार्वजनिक जग्गा हो । रातारात बनाउन लागेपछि नगर प्रहरीमार्फत त्यो रोक्न गएको हो ।’

नगर प्रहरीलाई सार्वजनिक जग्गा मिचिएको ठाउँ देखाउन जाँदा स्थानीय भूपेन्द्र गिरिले कुनामा बोलाएर रड आफूलाई पहार गरेको वडाध्यक्ष सुवेदीले सुनाए । ‘यस्ता आउनुस् भनेर कुनातिर बोलाउनुभयो । म त केही आग्रह गर्न होला भनेर गएँ । उहाँले रड लिएर आउनुभयो । मतिर पहार गर्दा मेरो हातले समातेर रोकेँ । छेउमा अर्को साथी पनि हुनुहुन्थ्यो । उहाँले पनि रोक्नुभयो,’ उनले भने, ‘चोट लाग्न पाएन । टाउकोमा लागेको भए जे पनि हुन सक्थ्यो ।’

घटनाबारे वडा प्रहरी कार्यालय बैदाममा जानकारी गराइसकेको वडाध्यक्ष सुवेदीले जानकारी दिए । रड प्रहार गर्ने व्यक्तिलाई सोधपुछका लागि प्रहरी कार्यालयमा बोलाइएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी सन्तोष निरौलाले बताए ।

images
प्रकाशित मिति :चैत्र २, २०८१ आइतवार - २०:५०:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology