Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

दरौँदी नदीमा जलविद्युत आयोजना निर्माण हुने

दरौँदी नदीमा जलविद्युत आयोजना निर्माण हुने

images

इच्छाकामना न्युज

२, चैत्र २०८१
दरौँदी नदीमा जलविद्युत आयोजना निर्माण हुने
images

गुणबहादुर रोका 

सुलीकोट, चैत ३ गते । गोरखा नगरपालिका–१३ स्थित सिमलगैरामा करिब दुई अर्ब १९ करोड ९५ लाख रुपियाँको लागतमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । 

मनकामना दरौंदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्धनमा दरौँदी नदीमा ९.८४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न लागिएको कम्पनीका सञ्चालक बलराम केसीले जानकारी दिनुभयो । 

आयोजना निर्माण गर्दा कुल लगानीको ७० प्रतिशत ऋणबाट लगानी गर्नेे र बाँकी स्वपुँजी अन्तर्गतकाे लगानी रहने उहाँले बताउनुभयो । "सिमलगैरामा पावरहाउस रहनेगरी दरौदी नदीमा जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो", सञ्चालक केसीले भन्नुभयो, "दरौँदी नदीमा बाँध बाँधेर कर्मसिं फाँटको रातडाँडामा ड्याम रहनेगरी आयोजना निर्माण हुने छ ।"

गोरखा नगरपालिकाका वडा नम्बर १२, १३ र १४, सहिद लखन गाउँपालिकाका १, २ र ३ तथा पालुङटार नगरपालिकाको ९ नम्बर वडाका गरी आयोजनाले कुल चार सय ४० रोपनी क्षेत्रफल ओगट्ने छ ।

प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनुसार आयोजनाले खेती योग्य जमिन एक सय २३ रोपनी, दुई सय ९२ रोपनी बगर क्षेत्र, ३८ रोपनी स्थायी तथा अस्थायी जमिन र १७ रोपनी सामुदायिक वन क्षेत्रफल ओगट्नेछ । 

"आयोजनाको मुख्य संरचना गोरखा–आँबुखैरेनी सडकखण्डको पहुँच क्षेत्रमा रहनेछ", आयोजनाका इन्जिनियर अनिल नेपालले भन्नुभयो, "अर्धजलासययुक्त आयोजनाको जलाधार क्षेत्र ५३६.५४ वर्गकिलिोमिटर रहने छ ।"

कम्पनीले आयोजना निर्माणस्थल र प्रभावित क्षेत्रका बासिन्दाहरूको धारणा बुझेर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई अन्तिम रूप दिन सार्वजनिक सुनुवाई कार्यक्रम गरी राय सुझाव समेत सङ्कलन गरिसकेको छ । 

स्थानीयवासीहरूले आफुहरूलाई आयोजनामा सहभागी गराउनुपर्ने, जग्गा अधिग्रहण गर्दा उचित मुआब्जा दिनुपर्ने, स्थानीयलाई रोजगारी सुनिश्चित गर्नुपर्ने, डुवान तथा प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आयोजनाको सेयर उपलब्ध गराउनु पर्ने लगायतका माग सार्वजनिक सुनवाईका क्रममा गरेको थिए । 

प्रभावित क्षेत्रका बासिन्दाको राय सुझाव थप गरेर अव वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवदेन स्विकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस गरिने र मन्त्रालयबाट स्विकृति प्रदान भएलगत्तै विद्युत् उत्पादन अनुमतिका लागि विद्युत् विभागमा निवदेन दिएर तत्काल काम अघि बढाउने कम्पनीका अध्यक्ष डा. डम्बरबहादुर नेपालीले बताउनुभयो । 

images
प्रकाशित मिति :चैत्र २, २०८१ आइतवार - २०:५९:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology