Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आदिकवि क्याम्पस दमौलीको स्ववियु चुनाव अनिश्चित

आदिकवि क्याम्पस दमौलीको स्ववियु चुनाव अनिश्चित

images

इच्छाकामना न्युज

२, चैत्र २०८१
आदिकवि क्याम्पस दमौलीको स्ववियु चुनाव अनिश्चित
images

तनहुँ,  चैत ३ । उच्च अदालत पोखराले दमौलीको आदिकवि भानुभक्त क्याम्पसको स्ववियु निर्वाचन सम्बन्धि परेको रिटमा अस्पष्ट आदेश दिएपछि चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।

त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन सम्बन्धी निर्देशिकाको उल्लंघन गर्दै आदिकवि भानुभक्त क्याम्पसको निर्वाचन प्रबन्ध समितिले उम्मेदबारी दर्ताको समय थप गरेको हुँदा निर्धारित समयभित्र उम्मेदबारी दर्ता गर्ने अनेरास्ववियुका उम्मेदबारलाई सर्वसम्मत भएको घोषणा गर्न माग गर्दै अनेरास्ववियुका उम्मेदबारहरुले शुक्रबार उच्च अदालत पोखरमा दर्ता गरेको रिटमा उच्च अदालत पोखराले अन्तरिम आदेश दिन अस्विकार गरेको र स्ववियुको निर्वाचनको बारेमा केही नबोलेको हुँदा निर्वाचन अनिश्चित भएको छ ।

अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश नदिएको र निर्वाचन सम्बन्धि सम्पुर्ण सक्कल कागजात लिएर १५ दिन अदालतमा उपस्थित हुन विपक्षीको नाममा आदेश दिएको छ । उच्च अदालतको उक्त आदेशलाई दुई फरक फरक व्याख्या र विश्लेषण भईरहेको छ । नेपाली काँग्रेस निकट केही कानुन व्यवसायीहरुले उच्च अदालतको आदेशले स्ववियु निर्वाचन गर्न कुनै बाधा नपर्ने व्याख्या गरेका छन् भने नेकपा एमाले निकट कानुन व्यवसायीहरुले १५ दिन भित्र निर्वाचन सम्बन्धी हालसम्मको सक्कल कागजात मागेपछि निर्वाचन प्रक्रिया जहाँको तही रोकी अदालतले मागेको कागजात बुझाउनुपर्ने बताएका छन् । १५ दिनपछि अदालतको आदेश जे आउँछ, सोही अनुसार अगाडी बढ्नुपर्ने एमाले निकट कानुन व्यवसायीहरुको धारणा छ ।

आफुहरुले निर्वाचन स्थगित गरि सर्वसम्मत निर्वाचित भएको घोषणा गर्न माग गर्दै अदालतमा निबेदन दिएको हुँदा अदालतको आदेश नआउँदासम्म अव आफुहरु स्ववियु निर्वाचन सम्बन्धी कुनैपनि प्रक्रियामा भाग नलिने अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियु क्याम्पस कमिटिका अध्यक्ष आशिष पौडेल र स्ववियु निर्वाचनका सभापती उम्मेदबार सविन लामिछानेले अदालतको आदेश नआउँदासम्म निर्वाचन गर्न नपाईने र आफुहरु निर्वाचन सम्बन्धि कुनैपनि पक्रियामा भाग नलिने बताए ।

images
प्रकाशित मिति :चैत्र २, २०८१ आइतवार - २१:०६:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology