Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

प्रहरी निरिक्षक सुवेदी गण्डकी प्रदेशको “महिनाको उत्कृष्ट प्रहरी” घोषित

प्रहरी निरिक्षक सुवेदी गण्डकी प्रदेशको “महिनाको उत्कृष्ट प्रहरी” घोषित

images

इच्छाकामना न्युज

२, चैत्र २०८१
प्रहरी निरिक्षक सुवेदी गण्डकी प्रदेशको “महिनाको उत्कृष्ट प्रहरी” घोषित
images
आँबुखैरेनी, चैत्र ३ । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक टेक प्रसाद सुवेदी गण्डकी प्रदेशको “महिनाको उत्कृष्ट प्रहरी” घोषित भएका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले उत्कृष्ट प्रहरी छनौट कार्यविधी –२०८१ बमोजिम प्रहरी निरिक्षक टेक प्रसाद सुवेदीलाई फागुन “महिनाको उत्कृष्ट प्रहरी” घोषित गरेको हो ।
गण्डकी प्रदेश अन्तर्गतका इकाईहरुमा कार्यरत प्रहरी कर्मचारीहरूबाट सम्पादित कार्यको उचित मुल्याङ्कन गरी कार्यसम्पादनमा सर्वोत्कृष्ट छनौट भएका प्रहरी निरीक्षक सुवेदीलाई २०८१ साल फागुन महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरी निरीक्षक सुवेदी, आँबुखैरेनी लगाएत यस आसपासका क्षेत्रमा लागुऔषध नियन्त्रण, अबैध हातहतिया बरामद, सचेतनामुलक कार्यक्रम तथा आन्तरिक भौतिक पूर्वाधारहरुको पुननिर्माण र संरक्षण गर्ने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरी समाजमा शान्ति, सुरक्षा कायम गर्न सफल हुनुहुन्छ ।

images
प्रकाशित मिति :चैत्र २, २०८१ आइतवार - २१:५६:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology