आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा संचालित आँबुखैरेनी अस्पतालमा थेरापी सेवा सुरु गरिएको छ ।
अस्पतालमा शल्यक्रिया अघि र पछि बाल रोगको अवस्था र सबै अर्थो तथा न्यूरो पुनर्वास लगाएत १५० भन्दा बढी थेरापी सेवा उपलब्ध रहेको अस्पतालका फिजियो थेरापिस्ट डाक्टर कृपेश चालिसेले जानकारी दिनुभयो।
थेरापी सेवाको औपचारिक उद्घाटन भने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गर्ने तयारी रहेको छ ।