Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सन्चारिका समूह चितवनको अध्यक्षमा गिता गुरुङ्ग

सन्चारिका समूह चितवनको अध्यक्षमा गिता गुरुङ्ग

images

इच्छाकामना न्युज

३, चैत्र २०८१
सन्चारिका समूह चितवनको अध्यक्षमा गिता गुरुङ्ग
images

चितवन । सन्चारिका समूह चितवनको नयाँ कार्यसमिति चयन भएको छ । आज (सोमबार) पत्रकार महासंघ चितवन शाखाको सभाहलमा भएको चौथो अधिवेशनले गिता गुरुङको अध्यक्षतामा आगामी २ वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले समितिको उपाध्यक्षमा आशा खरेल, सचिवमा शिला पाठक, कोषाध्यक्षमा अस्मिता पराजुली  र सह सचिवमा सविता दराईलाई चयन गरेको हो ।

03da4df5-3d82-45fe-b24e-317d62e098f1.jpg

त्यसैगरी कार्यसमिति सदस्यहरुमा आश्मा राई, श्रीजा थापा, सविता महतो, पुनम थापा मगर, करिस्मा गुरुङ यात्री छिदाल, संगिता वानिया, दिपा गौतम, दिप्ती विक र वन्दना देवकोटा रहेका छन् । अधिवेशन सन्चारिका समुह चितवनका निवर्तमान अध्यक्ष अजिता अधिकारिको अध्यक्षतामा सम्पन्न भएको थियो । उनले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना व्यक्त गरिन् ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुलीको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा नेपाल पत्रकार महासंघकी सचिव एवम् सन्चारिका समूह चितवनकी संस्थापक अध्यक्ष सृजना अर्याल, न्युनतम पारिश्रमिक निर्धारण समिती बोर्ड सदस्य शान्ता अधिकारी, पत्रकार महासंघ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारी, शान्ता अधिकारी, सचिव राजेश घिमिरे, प्रेस युनियन चितवनका उपाध्यक्ष सिन्धु ढकाल, प्रेस सेन्टर चितवनका उपाध्यक्ष दिप्ती विक र डब्लुडब्लु जे की अध्यक्ष सरिता पौडेलले शुभकामना मन्तव्य राखेका थिए । साथै कार्यक्रममा वर्तमान अध्यक्ष गिता गुरुङले  पत्रकारको हक र हितका लागि आफू र आफ्नो कार्यसमिति सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।

images
प्रकाशित मिति :चैत्र ३, २०८१ सोमवार - २२:४४:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology