Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

दुर्घटनामा सहचालकको मृत्यु भएपछि ट्याक्टर चालक पक्राउ

दुर्घटनामा सहचालकको मृत्यु भएपछि ट्याक्टर चालक पक्राउ

images

इच्छाकामना न्युज

४, चैत्र २०८१
दुर्घटनामा सहचालकको मृत्यु भएपछि ट्याक्टर चालक पक्राउ
images

म्याग्दे ।  तनहुँमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। 

म्याग्दे गाउँपालिका-६ ओटाङदीस्थित कच्ची सडकमा सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा म्याग्दे–२ जामुनेका ३० वर्षीय सुकबहादुर विकको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी अशोक थापाका अनुसार ग १ त ५६८९ नम्बर ट्याक्टर सडकबाट तल खस्दा विकको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनापछि ट्याक्टरमा चालक प्रकाशकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।  

images
प्रकाशित मिति :चैत्र ४, २०८१ मंगलवार - ०८:३७:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology