Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चार करोड खर्च गरेर बनाइएको केन्द्र प्रयोगविहीन

चार करोड खर्च गरेर बनाइएको केन्द्र प्रयोगविहीन

images

इच्छाकामना न्युज

६, चैत्र २०८१
चार करोड खर्च गरेर बनाइएको केन्द्र प्रयोगविहीन
images

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१३ स्थित सुडेको पुल नजिक निर्माण गरिएको मलमूत्र व्यवस्थापन केन्द्र सात वर्षदेखि प्रयोगविहीन छ ।

शौचालयबाट निस्किएको मलमूत्रलाई ‘ट्रिटमेन्ट’ गरी मलका रूपमा प्रयोग गर्ने उद्देश्यले विसं २०७४ मा निर्माण गरिएको सो केन्द्र प्रयोगविहीन भएको हो ।

तत्कालीन साना सहरी तथा खानेपानी आयोजनाले सरसफाइ कार्यक्रमअन्तर्गत रु १२ करोड विनियोजन गरेको थियो । जसमा दमौली बजार क्षेत्रमा आठ किलोमिटर पक्की नाला निर्माण, फोहर व्यवस्थापनका लागि व्यास नगरपालिकालाई एक थान टिपर, सार्वजनिक शौचालय निर्माण र मलमूत्र व्यवस्थापन रहेको थियो ।

उक्त मलमूत्र व्यवस्थापनका लागि मात्रै करिब चार करोड लगानी भएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका व्यवस्थापक अमर गिरीले जानकारी दिए । नेपाल सरकारको ८५ र १५ प्रतिशत स्थानीय तहको लगानीमा मलमूत्र व्यवस्थापन केन्द्र निर्माण गरिएको हो । निर्माण कम्पनी रमण कन्स्ट्रक्सन प्रालिले निर्माणबापत अझै ८० लाख पाउन बाँकी रहेको जनाएको छ ।

निर्माणसम्पन्न भएपछि व्यास नगरपालिकालाई हस्तान्तरण नगर्दा सो केन्द्र प्रयोगविहीन बन्न पुगेको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए। 'सङ्घीय सरकारबाट सुरु गरेको योजना त्यही वर्ष सम्पन्न हुनुपर्नेमा अर्को वर्ष मात्रै सम्पन्न भयो, संविधान निर्माण भएपछि कसको जिम्मा रहने भन्ने अन्योलले अलपत्र बन्न पुगेको हो,' उनले भने। नगरप्रमुख न्यौपानेले बनेको संरचनालाई प्रयोगमा ल्याउन नगरपालिका गम्भीर रहेको बताए।

images
प्रकाशित मिति :चैत्र ६, २०८१ बिहिवार - ०९:५५:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology