Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँमा जङ्गली च्याउ खाएर बिरामी भएका मध्ये दुईको मृत्यु

तनहुँमा जङ्गली च्याउ खाएर बिरामी भएका मध्ये दुईको मृत्यु

images

इच्छाकामना न्युज

६, चैत्र २०८१
तनहुँमा जङ्गली च्याउ खाएर बिरामी भएका मध्ये दुईको मृत्यु
images

तनहुँ, चैत ७ गते । तनहुँमा जङ्गली च्याउ खाएर बिरामी भएका मध्ये दुईको मृत्यु भएको छ । व्यास नगरपालिका–६ शान्ति टोलका ४ वर्षीय सुमित पुलामीको बिहीबार मृत्यु भएपछि मृत्यु हुनेको सङ्खा दुई पुगेको हो ।

गण्डकी मेडिकल कलेज पोखरामा उपचार गरी थप उपचारको लागि काठमाडौं लागिएकोमा उपचारको क्रममा बालक पुलामी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीषक अशोक थापाले जानकारी दिनुभयो । 

यसअघि गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको गण्डकी मेडिकल कजेज पोखरामा उपचारको क्रममा  सोमबार मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

प्रनाउ थापाका अनुसार म्याग्दे गाउँपालिका–६ का नारायण मगरले बारीमा उम्रिएको जङ्गली च्याउ व्यास नगरपालिका–६ शान्ति टोलस्थित मामाघारमा लगेर चैत १ गते पकाएर खाँदा दश जना बिरामी भएका थिए । 

च्याउ खाँदा बिरामी हुने अन्यमा ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, २३ वर्षीया पवित्रा मगर,४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय चक्रबहादुर पुलामी, १८ वर्षीया आरती पुलामी, ३६ वर्षीय केशव पुलामी र ६५ वर्षीया सीता पुलामी बिरामी हुनुहुन्छ । जङ्गली च्याउ खाँदा दश जना बिरामी भएका थिए ।

images
प्रकाशित मिति :चैत्र ६, २०८१ बिहिवार - २१:१६:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology