Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देवघाटमा सम्पन्न दन्त शिविरमा ३५१ जनाको दन्त परिक्षण

देवघाटमा सम्पन्न दन्त शिविरमा ३५१ जनाको दन्त परिक्षण

इच्छाकामना न्युज

६, चैत्र २०८१
देवघाटमा सम्पन्न दन्त शिविरमा ३५१ जनाको दन्त परिक्षण
देवघाट । देवघाटधाम जेसीजले दन्त शिविर कार्यक्रम गरिएको छ । विश्व मुख स्वास्थ्य दिवस तथा अनतर्राष्ट्रिय खुशी दिवसको अवसरमा आज (बिहिवार) देवघाट-५ स्थित कालिका माध्यमिक विद्यालय परिसर देवघाटधाम जेसिजको आयोजना र छिम्केश्वरी डेन्टल क्लिनिकको सहकार्यमा विद्यार्थी र शिक्षकको निशुल्क दन्त परीक्षण कार्यक्रम गरि सम्पन्न गरिएको हो ।
सो दन्त शिविरमा शिक्षक र विद्यार्थी गरि जम्मा ३५१ जनाले दन्त परिक्षण गरिएको कार्यक्रम संयोजक तथा देवघाटधाम जेसीज वर्ष-२०२५ का निर्देशक जेसी सन्तोष सुवेदीले जानकारी दिए । उक्त कार्यक्रम देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाको प्रमुख आतिथ्यतामा तथा उपाध्यक्ष भुवन सिं गुरूङ, वडा नम्बर-५ अध्यक्ष पुर्ण बहादुर कुँवरको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियोे ।
उक्त शिविर कार्यक्रममा छिम्केश्वरी डेण्टल क्लिनिकका डा. प्रमिला गुरुङ र डा. एशिका गुरुङले चेकजाँच गरेका थिए ।
कार्यक्रममा देवघाटधाम जेसीज वर्ष-२०२५ का अध्यक्ष जेसी प्रशन्न ढकाल र देवघाटधाम जेसीजका बोर्डका पदाधिकारीहरूको सहभागीता रहेको थियोे ।

images
प्रकाशित मिति :चैत्र ६, २०८१ बिहिवार - २१:३५:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology