आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारबाट लागु औषध सहित १ जना पक्राउ परेका छ्न ।
पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा गोरखा नगरपालिका वडा नं. ६ बस्ने बर्ष २५ का अनिल भन्ने गणेश अधिकारीलाई लागु औषध सहित पक्राउ गरेको हो ।
अधिकारीको साथमा लुकाई छिपाई ल्याएको अवस्थामा TRAMADOL लेखिएको ५,८८० क्याप्सुल लागु औषध बरामद गरिएको प्रहरी निरीक्षक टेक प्रसाद सुबेदीले जानकारी दिनुभयो ।
अधिकारीलाई पक्राउ गरी थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।