Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

निजि विद्यालयलाई विद्यार्थी भर्ना शुल्क नलिन आँबुखैरेनी गाउँपालिकाको निर्देशन

निजि विद्यालयलाई विद्यार्थी भर्ना शुल्क नलिन आँबुखैरेनी गाउँपालिकाको निर्देशन

इच्छाकामना न्युज

७, चैत्र २०८१
निजि विद्यालयलाई विद्यार्थी भर्ना शुल्क नलिन आँबुखैरेनी गाउँपालिकाको निर्देशन
आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकले बिहीबार एक सूचना जारी गर्दै संस्थागत विद्यालयहरूलाई कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन पनि निर्देशन दिएको हो ।
 
पालिकाले विहीबार एक विज्ञप्ती जारी गरी संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका, २०७२ को दफा १४।१ ९२० मा विद्यार्थी भर्ना हुँदा एक पटक मात्र जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको स्वीकृत मासिक शुल्कको १ महिनाको शुल्क लिन पाउने मापदण्ड रहेतापनि आँबुखैरेनी गाउँपालिका अन्तर्गत सञ्चालित केही संस्थागत विद्यालयहरूले विद्यार्थी भर्नाको नाममा प्रचलित कानुनले तोकेभन्दा बढी शुल्क लिएको जनगुनासो प्राप्त भएकाले प्रचलित ऐन नियम, मापदण्ड र निर्देशिका बमोजिमबाहेक विद्यार्थी भर्नालगायतका शुल्क नलिनुहुन तथा यसअघि प्रचलित ऐन, नियम, मापदण्ड र निर्देशिका विपरीत विद्यार्थी भर्ना शुल्क लगायतका अन्य शुल्क लिइएको भएमा सम्बन्धित अभिभावकलाई फिर्ता गर्नुहुन समेत अनुरोध छ ।’ भनेको छ ।
 
पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माद्वारा जरी विज्ञप्तीमा भनिएको छ ‘ आँबुखैरेनी गाउँपालिका शिक्षा ऐन, २०७१ आँबुखैरनी गाउँपालिका शिक्षा नियमावली, २०७९ संस्थागत विद्यालय शुल्क निर्धारण तथा माग निर्देशिका, २०७२ तथा प्रचलित ऐन, नियम बमोजिम कारबाही गरिने समेत सुचनामा उल्लेख गरेको छ ।
 
485728701_3142848375854704_1163543343305012823_n.jpg

images
प्रकाशित मिति :चैत्र ७, २०८१ शुक्रवार - ०९:२८:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology