Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पृथ्वी राजमार्ग : पूर्वी खण्डको प्रगति एकासी प्रतिशत

पृथ्वी राजमार्ग : पूर्वी खण्डको प्रगति एकासी प्रतिशत

images

इच्छाकामना न्युज

८, चैत्र २०८१
पृथ्वी राजमार्ग : पूर्वी खण्डको प्रगति एकासी प्रतिशत
images

अमरराज नहर्की

तनहुँ, चैत ९ गते । मुग्लिङ–पोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको काम ८० प्रतिशतभन्दा बढी भएको छ । काम चाँडै सम्पन्न गर्न तदारुकताका साथ गरिरहेको र हालसम्म ८०.९५ प्रतिशत भौतिक प्रगति भएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । 

पाण्डेका अनुसार यस खण्डमा हालसम्म ७३.११ किलोमिटर कालोपत्रे पूरा भएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन कालोपत्रे भएको हो । इन्जिनियर पाण्डेले भन्नुभयो, “हालसम्म कालोपत्रे भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३.११ किलोमिटर दुरी कालोपत्रे भएको छ ।” 

पाण्डेका अनुसार कालोपत्रे गरिएको ७३.११ किलोमिटरमध्ये ५९ किलोमिटरमा अन्तिम कालोपत्रे (डबल लेयर) सकिएको छ । पूर्वी खण्ड अन्तर्गत यतिबेला सदरमुकाम दमौली बजारमा समेत कालोपत्रे सुरु भएको छ । दमौलीस्थित व्यास नगरपालिका–२, बागबजारमा एकतर्फी कालोपत्रे सकेर अर्कोतर्फ कालोपत्रेका लागि सडक सम्याउने काम भइरहेको छ । 

पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा ठेक्का लागेको छ । पूर्वी खण्ड अन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा तीव्र गतिमा काम भइरहेको छ । वर्षायाम अघि नै यहाँ कालोपत्रे गर्ने योजना रहेको इन्जिनियर पाण्डे बताउनुहुन्छ ।  

images
प्रकाशित मिति :चैत्र ८, २०८१ शनिवार - ०८:२९:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology