Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

लमजुङको प्यारजुङ–दूधपोखरी सडक पिच (कालोपत्रे) हुने

लमजुङको प्यारजुङ–दूधपोखरी सडक पिच (कालोपत्रे) हुने

images

इच्छाकामना न्युज

१२, चैत्र २०८१
लमजुङको प्यारजुङ–दूधपोखरी सडक पिच (कालोपत्रे) हुने
images

लमजुङ । लमजुङको प्यारजुङ–दूधपोखरी सडक पिच (कालोपत्रे) हुने भएको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री एवं प्रवक्ता तथा नेपाली कांग्रेस, जिल्ला कार्य समितिका सभापति डाक्टर टकराज गुरुङको विशेष पहलमा बजेट विनियोजन भएसंगै जिल्लाको राइनास नगरपालिका–१० प्यारजुङ र दूधपोखरी गाउँपालिका–५ जोड्ने प्यारजुङ–दूधपोखरी सडक पिच (कालोपत्रे) हुने भएको हो ।

यस सडक पिचका लागि टेण्डर समेत आव्हन भइसकेको पूर्वाधार विकास कार्यालय, लमजुङले जनाएको छ । यस सडक पिच भएसंगै सवारी आवागमनमा सहज हुनुका साथै स्थानीय नागरिकको जनजीविकामा पनि टेवा पुग्नेमा अर्थमन्त्री डा. गुरुङले विश्वास व्यक्त गर्नुभएको छ ।

images
प्रकाशित मिति :चैत्र १२, २०८१ बुधवार - २१:१८:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology