Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

जबरजस्ती करणी अभियोगमा लमजुङबाट युवक पक्राउ

जबरजस्ती करणी अभियोगमा लमजुङबाट युवक पक्राउ

images

इच्छाकामना न्युज

१२, चैत्र २०८१
जबरजस्ती करणी अभियोगमा लमजुङबाट युवक पक्राउ
images

लमजुङ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लमजुङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

बेंसीसहर नगरपालिका-१, उदिपुरका ३७ वर्षीय युवराज आलेमगरलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

युवकविरुद्ध लमजुङ जिल्ला अदालतमा बुधबार ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी प्रमुख डीएसपी रेशम बोहराले जानकारी दिए ।

गत सोमबार राति ११ बजेतिर किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले बताए ।

ती युवकलाई मंगलबार बिहानपख पक्राउ गरिएको र जबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए ।

images
प्रकाशित मिति :चैत्र १२, २०८१ बुधवार - २१:४६:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology