Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बूढीगण्डकीले बगाउँदा एसईई दिँदै गरेका विद्यार्थीको मृत्यु

बूढीगण्डकीले बगाउँदा एसईई दिँदै गरेका विद्यार्थीको मृत्यु

images

इच्छाकामना न्युज

१२, चैत्र २०८१
बूढीगण्डकीले बगाउँदा एसईई दिँदै गरेका विद्यार्थीको मृत्यु
images

गोरखा । बूढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एसईईका परीक्षार्थी आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिष गुरुङको मृत्यु भएको छ ।  आरुघाट गाउँपालिका–४ थुमीस्थित बूढीगण्डकीमा बुधबार बेलुकी पौडी खेल्ने क्रममा उनलाई नदीले बगाएको थियो ।

इलाका प्रहरी कार्यालय आरुघाट र प्रहरी चौकी आर्खेतको प्रहरी टोलीले खोजतलास गर्दा नदीले बगाएको ठाउँभन्दा १ किलोमिटर तल गुरुङ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।

‘चार/पाँच जना साथीसहित पौडी खेल्न जाँदा नदफले बगाएको रहेछ,’ उनले भने । आर्खेतको फुटबल मैदाननजिकैको बूढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा उनलाई नदीले बगाएको उनले बताए । आरुघाट-१ स्थित गणेश माविका विद्यार्थी गुरुङ आर्खेतको गण्डकी माविबाट एसईईमा सहभागी विद्यार्थी हुन् ।

images
प्रकाशित मिति :चैत्र १२, २०८१ बुधवार - २१:४७:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology